कास्की। पोखरामा आजदेखि सुरु भएको साफ यू-१९ महिला च्याम्पियनसिप फुटबलमा नेपाल १-० गोलले भारतसँग पराजित भएको छ। पोखरा रङ्गशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको चौथो मिनेटमा भारतकी पर्ल फर्नानडेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। नेपाल एक गोलले पछि परेपछि खेलमा फर्कन प्रयास गरे पनि सफल हुन सकेन। […]