कर्णाली प्रदेश सभाको नवौँ अधिवेशन अन्त्य

काठमाडौँ । कर्णाली प्रदेश सभाको नवौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी नवौँ अधिवेशनको अन्त्य गरेका हुन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले बुधबार अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशनको अन्त्य गरिएको हो । […]