बुटवलको सभा ऐतिहासिक बनाउने ओली समूहको तयारी

नेकपा ओली समूहले आगामी फागुन १ गते बुटवलमा गर्ने जनसभा ऐतिहासिक बनाउने तयारी गरेको छ । नेकपा प्रदेश प्रचार विभागले बुटवलमा हुने सभाले ऐतिहासिक महत्त्व राख्ने भन्दै १ गतेको सभा देशलाई नयाँ दिशानिर्देश गर्ने खालको हुने ओली समूहको दाबी छ । सभामा २ लाख जनता सहभागी हुने नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिए । बुटवलमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भन्नलाई २ लाख होइन । यर्थाथमै २ लाख जनता सहभागी हुनेछन् । १ लाख जनता रुपन्देहीका र १ लाख प्रदेशका विभि...