सशस्त्रका दुई डीआईजीले पाए अवकाश

सशस्त्र प्रहरी बलमा कार्यरत दुईजना डीआईजी  खड्ग राई र मन्दिप श्रेष्ठले अवकाश पाएका छन् । सेवा अवधिका कारण उनीहरुले माघ २६ मा राति १२ बजेबाट अवकाशमा गएका हुन् ।  उनीहरु एआइजीको दरबन्दी थपेर बढुवा हुने प्रयासमा थिए । तर, सरकारले दरबन्दी थप नगरेपछि उनीहरुले अवकाश पाएका हुन् । पद थपेर एआईजीमा बढुवा भएको भएमा उनीहरुमध्ये एकजना सशस्त्र प्रहरीको महानिरीक्षक बन्ने बाटो खुल्थ्यो । सशस्त्रमा उनीहरुको ३० वर्ष पुरा भएको छैन् । तर, डीआईजीमा ५ वर्ष सेवा गरेको हुनाले सेवा अवधिका कारण अवकाश पाएका

सम्बन्धित सामग्री

एआईजी बीसीले पाए अवकाश, प्रहरीमा रिक्त एआईजीको संख्या तीन पुग्यो

नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) अरुण कुमार बीसीले अवकाश पाएका छन् ।

नेपाललाई एकदिवसीय मान्यता दिलाउने क्रिकेटका मुख्य प्रशिक्षक टमाटाले पाए अवकाश

३० असोज, पोखरा । क्रिकेटका मुख्य प्रशिक्षक जगत टमाटाले उमेर हदका कारण आज (आइतबार)देखि अवकाश पाएका छन् । नवौं राष्ट्रिय खेलकुदका क्रममा पोखरामा रहेका उनलाई पोखरा रंगशालामा नेपाल क्रिकेट संघ क्यान र राष्ट्रिय खेलकुद परिषद राखेपका पदाधिकारीले सम्मानसहित विदाइ गरेका छन् । परिषदका स्थायी कर्मचारीले टमाटाले ५८ वर्षको उमेर हदका कारण अवकास पाएका हुन् । […]

डा यादवले अवकाश पाए, बिदाइ कार्यक्रममा आएनन्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर श्यामसुन्दर यादवले उमेरहदका कारण सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका छन्।

सशस्त्रका आइजिपी खनालले पाए अवकाश, अब २१ दिनका लागि नयाँ नेतृत्व

काठमाडौँ – चार वर्षे कार्यकाल पूरा गरेर सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) शैलेन्द्र खनालले अवकाश पाएका छन्। खनालले सोमबार अवकाश पाएका हुन्। उनले २०७४ चैत २९ गतेदेखि आइजीको जिम्मेवारी पाएका थिए। उनको अवकाशसँगै चुनावको मुखमा सशस्त्र प्रहरी नेतृत्वविहीन भएको छ। भावी नेतृत्वका लागि आउँदो २१ दिनका लागि मात्रै एआइजीहरु पुष्पराम केसी र रामशरण पौडेलमध्ये एकलाई […]

आजदेखि सशस्त्र प्रहरी महानिरीक्षक खनालले पाए अवकाश

काठमाडौं, २८ चैत्र । आजदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले अवकाश पाएका छन् । चार वर्षे कार्यकालको कारण खनाल अवकाशमा गएका हुन् । सोमबार खनाल अवकाश भएसँगै सशस्त्र प्रहरी बल नेतृत्वविहिन भएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा सशस्त्रको महानिरीक्षक को टुंगो लगाउन सकेको छैन् । सरकारले २१ दिनको लागि सशस्त्र प्रहरीमा नयाँ […]

डा पोखरेलले पाए अवकाश, डा टिंकरीको अवकाशसँगै १२औं तहको एउटा पद रिक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ११औं तहका चिकित्सा डा तारानाथ पोखरेलले अवकाश पाएका छन्। उमेरका आधारमा उनले आजबाट सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका हुन्।

श्याम खत्री : जेल बस्दाबस्दै एसएसपी दर्जाबाट अवकाश पाए, ३ वर्षपछि निर्दोष

अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा सुन तस्करसँग मिलेको आरोप लागेका एसएसपी श्याम बहादुर खत्री दुईपटक पक्राउ परे । २०७३ माघ २३ मा ३४ किलो सुन र २०७५ जेठमा ३३ किलो सुन प्रकरणमा उनी मुछिए । पहिलो मुद्दाबाट सफाइ पाएर जागिरमा फेरि फर्किएका खत्रीले दोस्रो पटक भने जेलमै अवकाश पाए । केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको पिंगलास्थानबाट बरामद गरेको सुनमा नाम जोडिएपछि उनी २०७३ माघमा पक्राउ परेका थिए । सो मुद्दामा साधारण तारेखमा छुटेपछि प्रहरी प्रधान कार्यालयमा हाजिर भएका खत्रीको नाम फेरि चूडाम

सञ्चार सचिव बस्यालको अनिवार्य अवकाश

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले बुधवारबाट अनिवार्य अवकाश लिएका छन् । बुधवार(आज)देखि अनिवार्य अवकाश पाए पनि सार्वजनिक बिदा परेका कारण उनलाई बिहीबार मन्त्रालयले औपचारिक रूपमा बिदाइ कार्यक्रम राखेको छ । एक वर्ष अघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका बस्याल २८ महिना अघि सचिवमा बढुवा भएका थिए। गण्डकी […]