इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले लिभरपुललाई हरायो : टोटेनह्याम र साउथह्याम्पटनको बराबरी

काठमाण्डाै – इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले लिभरपुललाई हराएको छ । आज बिहान भएको खेलमा लिभरपुल लेस्टरसँग १–० गोलले पराजित भएको हो । लेस्टरका एडेमोला लुकम्यानले खेलको ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । अंकतालिकामा लेस्टर १८ खेलमा २५ अंकका साथ नवौँ स्थानमा छ । लिभरपुलको १९ खेलमा ४१ अंक छ । लिभरपुल अंकतालिकामा दोस्रो स्थानमा छ । समान खेलमा ४७ अंकका साथ म्यानचेस्टर सिटी शीर्षस्थानमा छ । इंग्लिस प्रिमियर लिग फुटबलमा हिजो भएका खेलमा क्रिस्टल प्यालेसले नर्विच सिटीलाई ३–० र व...