काठमाडौं : पूर्व मुख्यसचिव लिलामणि पौडेलले संसदबाट पारित भएको नागरिकता विधेयमा आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘२ वर्षसम्म संसदीय समितिमा छलफल गरेर समितिको सुझावसहित सदनमा पुगेको नागरिकता जस्तो संवेदनशील विधेयक एकाएक फिर्ता लगेर सरकारले संसदीय समितिका सिफारिस उल्टाएर नयाँ विधेयक पेश गर्नु र नयाँ विधेयक समितिमा दफावार छलफलमा नपठाइ 'हुन्छ र हुन्न' भन्दै पास गर्नु आपत्तिजनक छ।’उनले यो विधेयकलाई राष्ट्रियसभाले फिर्ता गर्नुपर्ने धारणा राख