युरिया मलको चरम अभाव

काठमाडौं । किसानले असारमा रोपेको धानमा टपड्रेसिङ गर्ने समयमा नै युरिया मलको अभाव चुलिएको छ । मलको अभावका कारण यतिबेला अधिकांश जिल्लाका किसानहरूले धानमा टपड्रेसिङ गर्न मल पाएका छैनन् । सरकारले मलको अभाव नहुने दाबी गरिरहेकै बेला युरिया मलको अभाव चुलिएको हो । अहिले धानमा टपड्रेसिङ गर्न र गहुँँको सिजनका लागि करीब १ लाख १५ हजार मेट्रिकटनभन्दा बढी युरिया मल आवश्यक पर्छ । तर, सरकारसँग यतिबेला ७ हजार मेट्रिकटन युरिया मात्रै मौज्दात रहेको छ । यसबाहेक ३ हजार ८ सय मेट्रिकटन डीएपी र ३२ सय मेट्रिकटन पोटास मौज्दात रहेको छ । महामारीको प्रभावका कारण यस वर्ष अन्तरराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेकाले सरकारले छुट्ट्याएको बजेटले आवश्यक परिमाणमा मल खरीद गर्न नसकिएका कारण मलको अभाव चुलिएको साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले आर्थिक अभियान दैनिकलाई बताए । उनका अनुसार यसअघि प्रतिमेट्रिक टन ३ सय १७ डलर पर्ने युरिया मलको मूल्य बढेर अहिले ४ सय ५५ डलर पुगेको छ भने ४ सय २० डलर पर्ने डीएपी मलको मूल्य पनि बढेर ६ सय ५० डलर कायम भएको छ । मलको अभाव चुलिएसँगै चितवन, मकवानपुर, बारा, पर्सा सुनसरी, मोरङ, बाँके बर्दियालगायत अधिकांश जिल्लाका किसानहरूले धानमा टपड्रेसिङ गर्न नपाएको बताएका छन् । सुनसरीका अगुवा किसान भुवनेश्वर यादवले जिल्लाका धेरैजसो किसानले युरिया र पोटास नपाएका कारण धानमा टपड्रेसिङ गर्न नपाएको गुनासो गरे । ‘सहकारीमा मल छैन कहाँबाट टपड्रेसिङ गर्ने किसानलाई सधैं यस्तै समस्या छ,’ उनले भने । गतवर्ष पनि यही समयमा युरियाको अभाव भएपछि किसानले धानबालीमा मल हाल्न पाएका थिएनन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अहिले भइरहेको युरिया मलको अभावलाई कम गर्न भारत सरकारसँग जीटुजी प्रक्रियामार्फत मल आयात गर्ने कुरालाई चाँडोभन्दा चाँडो टुंगो लगाएर निष्कर्षमा पुर्‍याई मल आयातका लागि पहल गर्ने बारेमा मन्त्रालयले छलफल थालेको जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

हुम्लामा खाद्यान्न चरम अभाव

सिमकोट – हिमाली जिल्ला हुम्लामा खाद्यान्नको चरम अभाव देखिएको छ। जिल्ला खाद्य व्यवस्था समितिले दुुई पटक लिखित निर्णय गरेर थप कोटाको खाद्यान्न माग गर्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले त्यसमाथि सुुनुुवाइ नगर्दा जिल्लामा खाद्यान्न समस्या देखिएको हो। प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जिल्लामा खाद्यान्न अभाव भएको बताउँदै जिल्लाबाट माग भएको थप १५ हजार […]

वीपीमा खानेपानीको चरम अभाव: विद्यार्थीहरुलाई एक साता विदा

खानेपानीको चरम अभाव भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विद्यार्थीहरुलाई एक साताको विदा दिएको छ।...

वीपीमा खानेपानीको चरम अभाव: विद्यार्थीहरुलाई एक साता विदा

खानेपानीको चरम अभाव भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विद्यार्थीहरुलाई एक साताको विदा दिएको छ।...

डब्लुएचओले भन्यो– नेपालमा स्वास्थ्यकर्मीको चरम अभाव छ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा स्वास्थ्यकर्मीको चरम अभाव रहेको जनाएको छ । हालै प्रकाशित ‘डब्लुएचओ हेल्थ वर्कफोर्स सपोर्ट एन्ड सेफगार्ड्स लिस्ट २०२३’ प्रतिवेदनमा स्वास्थ्यकर्मीको अभावका कारण सन् २०३० सम्ममा स्वास्थ्य लक्ष्य...

जिल्ला अस्पतालमा औषधिको चरम अभाव

जिल्ला अस्पताल हुम्लामा आधारभूत औषधिको चरम अभाव देखिएको छ । १५ शड्ढया रहेको एक मात्रै जिल्ला अस्पतालमा १५ दिनदेखि औषधिको चरम अभाव देखिएको हो ।  पेट दुख्ने र शरीर काम्ने बिरामीले थला परेकी...

खानेपानीको चरम अभाव भएपछि १४ घरपरिवारले गाउँ छाडे

सङ्खुवासभामा खानेपानीको चरम अभाव भएपछि बसाइँ सर्ने क्रम तीव्र भएको छ। खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका–१० का विभिन्न गाउँका १४ परिवारले गाउँ छाडेका छन्।...

मलको चरम अभाव

मलको चरम अभाव भएका बेला किसानलाई केही राहत हुने सोच राखेर सुनसरीगढी वडा नं. ६ का सत्यनारायण साहले बिक्रीका लागि मल भित्र्याए।...

डोल्पा अस्पतालमा औषधिको चरम अभाव, उपचारमा सास्ती

जिल्ला अस्पताल दुनैमा औषधीको चरम अभाव भएको छ। सामान्य औषधि समेत नहुँदा उपचारको लागि अस्पतालमा पुगेका सर्वसाधारणले स्वास्थ्य सास्ती व्यर्होनु परेको छ।...

बुटवलमा अक्सिजनको चरम अभाव, ६ को मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजनको चरम अभाव भएको छ । अस्पतालका मेसु डाक्टर राजेन्द्र खनालले दैनिक करिव २५० सिलिन्डर आपूर्ति हुँदा खपत झन्डै ४ सय सिलिन्डर पुगेपछि अक्सिजनको चरम अभाव भएको बताएका हुन् । यसै बीच हिजो साँझ ७ बजेदेखि बिहान ६ बजे सम्म ६ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस मध्ये रुपन्देहीका मात्र ५ जना छन् । मृतकमध्ये एक जना पाल्पाका रहेको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए। मृत्यु हुनेमा ५ जना पुरुष र एक जना महिला छन्।

लङ्गाउँमा खानेपानीको चरम अभाव

गलकोट, ९ बैशाख । स्थानीय सरकार आएपछि खानेपानीको अभाव टर्ला भनेर आशावादी रहेका बागलुङ नरपालिका–६ स्थित लङ्गाउँका बासिन्दाको आशा निराशामा परिणत हुँदै गएको छ । बागलुङ बजार नजिकैको लङ्गाउँका बासिन्दाले विगत १० वर्षदेखि खानेपानीको चरम अभाव खेप्दै आएका छन् । अहिले लङ्गाउँमा एक दिन बिराएर दुई गाग्री पानी मात्रै धारामा आउने गरेको स्थानीयवासीले दुखेसो व्यक्त […]