नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न संसदीय समितिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठकले बिहीबार बोर्डका अध्यक्ष हमालले आर्थिक चलखेल गरी अवाञ्छित गतिविधि गरेको भन्दै उनको सम्पत्ति छानबिन गर्न विभागलाई भनेको हो ।