इलाम : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गलत नेतृत्वको कारण संघीयता र गणतन्त्र अप्ठ्यारोमा परेको बताएका छन्।सूर्योदय नगरपालिका ९ रमफोकको शारदा आधारभूत विद्यालयमा मतदान गरेपछि उनले यस्तो बताएका हुन्। उनले नागरिकले विकासको अनुभूति गर्न नपाएको प्रतिक्रिया दिए।