तालिबान आतंकवादी भएकाले उसलाई आफ्नो सेवा नदिने फेसबूकको घोषणा

फेसबूकले अमेरिकी कानूनअन्तर्गत तालिबान एक आतंकवादी संगठन भएकाले उसलाई आफ्ना सेवाहरू उपलब्ध नगराउने घोषणा गरेको छ ।  तालिबानका सबै अकाउन्टहरू उसले बन्द गर्ने भएको छ । अनि तालिबानको समर्थनमा पोस्ट गरिने सबै अकाउन्ट पनि बन्द गर्ने निर्णय फेसबूकले लिएको छ । फेसबूकका एक प्रवक्ताले बताएअनुसार, कम्पनीसँग दरी र पश्तो भाषाका जानकारहरूको टीम छ र त्यसले स्थानीय कन्टेन्टमा निगरानी गरेर सूचना पठाइरहेको छ ।  विगत कैयौं वर्षदेखि तालिबानका कैयौं नेता तथा प्रवक्ता फेसबूकमा छन् । उनीहरूका लाखौं फलोअर छन् ।  र...