चर्च ब्वाइजकाे लगातार दाेस्राे जित, श्री कुमारी र सामाजिक युथले बराबरी खेले, आरसीटीकाे पहिलाे जित

काठमाण्डाै – शहीद स्मारक 'बी' डिभिजन लिग फुटबलमा आज आइतवार भएका खेलमा श्री कुमारी क्लब र सामाजिक युथ क्लबले बराबरी खेल्दै अङ्क बाँड्दा चर्च ब्वाइजले लगातार दोस्रो जित निकालेको छ ।  एन्फा कम्प्लेक्स सातदाेबाटाेमा भएकाे पहिलो खेलमा चर्च ब्वाइजले खुमलटार युथ क्लबलाई दुई–शून्यले हरायाे । जितसँगै चर्च ब्वाइजले यस संस्करणकाे लिगमा लगातार दोस्रो जित निकालेको छ । अघिल्लो खेलमा ह्याट्रिक गरेका आशिष चापागाईंले खुमलटारसँगकाे खेलमा दुई गाेल गरे । उनले खेलकाे ५४ औँ र ७१ औँ मिनेटमा गाेल गरे ।  खुमल...