इङ्ल्याण्डको युरोकप जित्ने सपना चकनाचुर, इटाली बन्यो च्याम्पियन

इङ्ल्याण्डको युरोकपको उपाधि जित्ने सपना चकनाचुर बनेको छ । पेनाल्टी सुटआउटमा इङ्ल्याण्ड ३–२ ले इटालीसँग पराजित बनेको हो । लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलमा लुक शाले इङल्यान्डलाई खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । यता, इटलीबाट ६७ मिनेटमा लियोनार्दो बनुचीले बराबरी गोल फर्काएका थिए । अतिरिक्त समयमा भने दुबै टोलीले कुनै गोल गर्न सकेनन् । इटलीले युरोकप जितेको

सम्बन्धित सामग्री

डेनमार्क युरोकप २०२४ मा छनोट

घरेलु मैदानमा नर्थ म्यासेडोनियामाथि ५–२ को जित निकाल्दै इटाली समूह ‘सी’ को दोस्रो स्थानमा उक्लिएको छ। अब दोस्रो टोलीका रूपमा इटाली र युक्रेनको सम्भावना बाँकी छ। आगामी मंगलबार दुवैले एकअर्काको सामना गर्नेछन्। उक्त खेलमा जित या बराबरीले इटालीले युरोकप २०२४ ...

इटाली र इंग्ल्यान्ड एकै समूहमा

एजेन्सी – युरो २०२० को विजेता इटाली र उपविजेता इंग्ल्यान्ड युरोकप २०२४ को लागि हुने छनोटमा एकै समूहमा परेका छन् । युरोपेली फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले निकालेको समूह विभाजन अनुसार इटाली र इंग्ल्यान्ड एकै समूहमा परेका छन् । यो समूहमा युक्रेन, नर्थ म्यासेडोनिया र माल्टा परेका छन् । ११ जुलाई २०२१ मा भएको फाइनलमा […]

युरोकप २०२० : स्पेनलाई हराउँदै इटाली फाइनलमा

युरोकप २०२० मा स्पेनलाई पराजित गर्दै इटाली फाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलको पूर्ण समयमा दुबै टिमले १-१ गोल गरेका थिए । थप समय गोलबिहिन हुँदा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो

युरोकप सेमिफाइनल : इटाली र स्पेन तथा इंग्ल्यान्ड र डेनमार्क भिड्ने

एजेन्सी।युरोकप फुटबलको सेमिफाइनलको समीकरण पूरा भएको छ।गएराति क्वाटरफाइनलका दुई खेल सम्पन्न भएसँगै प्रतियोगिताको अन्तिम ४ मा पुग्ने टोलीको टुंगो लागेको हो।सेमिफाइनलमा इटालीले स्पेनको र इंग्ल्यान्डले डेनमार्कको चुनौतीको सामना गर्नेछ।यसअघि अन्तिम ८ मा इटालीले बेल्जियमलाई, स्पेनले स्वीट्जरल्यान्डलाई, डेनमार्कले चेक रिपब्लिकलाई र इंग्ल्यान्डले युक्रेनलाई पराजित गरेका हुन्। सेमिफाइनलमा स्पेन र इटाली ७ जुलाईमा र इंग्ल्यान्ड र डेनमार्कबीचको प्रतिस्पर्धा ८ जुलाईमा हुनेछ।

स्पेन र इटाली युरोकप फुटबलको सेमिफाइनलमा

एजेन्सी । बेल्जियमलाई हराउँदै इटाली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो । जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए । जितसँगै इटालीले […]

युरोकप २०२० : इटाली क्वार्टरफाइनलमा प्रवेश

इटाली युरोकप २०२० को क्वार्टरफाइनल चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा अस्ट्रियालाई अतिरिक्त समयमा २–१ गोलले पराजित गर्दै इटालीले प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । इटाली...

युरोकप : इटाली क्वाटरफाइनलमा

काठमाडौँ । १६ औँ संस्करणको युरोकप फुटबलको शनिवार भएको खेलमा इटाली क्वाटरफाइनलमा प्रवेश गरेको छ । अष्ट्रियालाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको हो । इङ्ल्यान्डको वेम्बली स्टेडियममा इटालीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले एक–एक गोल गरेका थिए । अष्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काएका थिए । खेलको […]

युरोकप २०२० : प्रिक्वार्टरफाइनलमा पुग्ने पहिलो टोली इटाली

दुई खेलमा लगातार समान ३–० को जितसँगै इटाली युरो २०२० को प्रिक्वार्टरफाइनलमा पुग्ने पहिलो टोली मात्रै बनेन आफूलाई उपाधिको बलियो दाबेदारका रूपमा समेत प्रस्तुत गरेको छ  युरोकप २०२० को प्रिक्वार्टरफाइनलमा पुग्ने इटाली...

युरोकप २०२० : इटाली प्रिक्वार्टरफाइनलमा पुग्ने पहिलो टोली

इटाली युरोकप २०२० को प्रिक्वार्टरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । बुधबार भएको खेलमा स्विट्जरल्याण्डलाई ३–० गोलले पराजित गर्दै इटालीले समूह एबाट प्रतियोगिताको अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो...

युरोकप आजबाट, इटाली र टर्की भिड्दै

युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण आजबाट (शुक्रबार) शुरू हुँदैछ । इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा शुरू हुनेछ । टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरू हुनेछ । ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुबै टोलि जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् । यस पटक युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।