अष्ट्रेलियामा विमान दुर्घटना, ३ जनाको मृत्यु

अस्ट्रेलियाको उत्तरपूर्वी राज्य क्वीन्सल्याण्डमा सोमबार विमान दुर्घटना हुँदा विमानमा सवार सबै तीन जनाको मृत्यु भएको राज्य प्रहरीले जनाएको छ । हल्का विमान क्वीन्सल्याण्डको राजधानी ब्रिस्बेनको पश्चिममा फर्नभेल नजिकैको झाडीमा दुर्घटना भएको हो ।प्रारम्भिक  विवरण अनुसार विमान स्थानीय समय अनुसार बिहान १० बजे डल्बी प्रस्थान गरेको थियो र आरचेर्फिमा अवतरणका निम्ति निर्धारित थियो।  अष्ट्रेलियाको यातायात सुरक्षा ब्यूरोको सहयोगमा दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेकोले जनाइएको छ।

सम्बन्धित सामग्री

यती विमान दुर्घटना संयोग मात्रै हो त?

यती समूहले व्यहोरेका १४ मध्ये ७ वटामा मानवीय क्षति भएको छ। २५ मे २००४ मा सोलुखुम्बुमा भएको दुर्घटनामा पहिलोपटक मानवीय क्षति भएको हो, जसमा ३ जनाको मृत्यु भएको थियो।...

दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, ३ जनाको मृत्यु

दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान दुर्घटना भएको छ ।  जहाज देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको हो ।जहाज दुर्घटनामा ३ जनाको मृत्यु भएको जनाइएको छ । घटनाको विस्तृत विवरण भने आउँन बाँकी रहेको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ।

इरानमा लडाकु विमान दुर्घटना, पाइलटले मानव बस्ती बचाउन आफ्नै ज्यानको आहुति दिए

९ फागुन, काठमाडौं । इरानमा एक लडाकु विमान दुर्घटना भएको छ । तब्रिज शहरमा भएको उक्त दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । सोमबार शहरी क्षेत्रमा भएको विमान दुर्घटनामा परी दुई जना चालक र खुला स्थलमा पार्किङ गरेर राखेको कारमा रहेका सर्वसाधारणले ज्यान गुमाएका हुन् । प्राविधिक समस्याका कारण तालिममा प्रयोग हुँदै आएको एफ-५ […]

आगो निभाउन गएको विमान दुर्घटना, ३ जनाको मृत्यु

अष्ट्रेलियामा डढेलो नियन्त्रणका लागि गएको फायरफाइटिङ विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ठूलो हवाइ