गैरसरकारी संस्था महासंघ मोरङका अध्यक्ष ढकाल पक्राउ

मोरङ – विराटनगरस्थित गैरसरकारी संस्था महासंघ मोरङका अध्यक्ष राजेन्द्र ढकाल पक्राउ परेका छन्। ढकाललाई प्रहरीले १३ वर्षीय बालकलाई अप्राकृतिक यौन दुव्र्यवहार गरेको आरोपमा बुधबार साँझ पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उजुरी परेपछि ढकाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। विराटनगर महानगर–१२ बाट पक्राउ परेका ढकालमाथि सोधपुछ भइरहेको […]