बानेश्वर क्षेत्रमा दिनभर प्रदर्शन

सरकारले अमेरिकी परियोजना एमसिसी संसद्मा टेबुल गरेको विरोधमा आइतबार संसद् भवनबाहिर दिनभर प्रदर्शन भयो । केही दिनदेखि विरोध गर्दै आएका विभिन्न राजनीतिक दलका कार्यकर्ताले एमसिसी टेबुल गर्ने तयारी भएपछि आइतबार पनि बिहानैदेखि...

सम्बन्धित सामग्री

हिजो दिनभर तनावग्रस्त बानेश्वर क्षेत्र आज शान्त

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा अहिले सामान्य रुपमा गाडी चलिरहेको छ । हिजो तनावग्रस्त बनेको नयाँ बानेश्वर क्षेत्र आज शान्त छ । आज सडक र गाडीमा असर पर्ने खालका कुनै गतिविधिबारे जानकारी नआएको प्रहरीले जनाएको छ । आज संसद् बैठक नभएकाले दलहरुले बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम राखेका छैनन् । हिजो संसद् बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता टेबल हुँदा नयाँ बानेश्वर सडक अशान्त बनेको थियो । सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताहरु नै एमसीसी पेस गरेको विरोधमा प्रदर्शनमा उत्...

‘रणभूमि’ बन्यो बानेश्वर क्षेत्र

८ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन हुने भएपछि आइतबार बिहानैदेखि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनहरुले संसद भवनलाई केन्द्रित गरी नयाँ बानेश्वर क्षेत्रमा विरोध कार्यक्रम राखेका थिए । तर प्रदर्शन सुरु हुँदा नहुँदै सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच एमसीसी संसदमा टेबल […]

बानेश्वर तनावग्रस्त (तस्बिरहरु)

काठमाडौं, फागुन ८ । एमसीसीविरुद्धको प्रदर्शनले बानेश्वर तनावग्रस्त भएको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले आइतबार पनि विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारी उत्तेजित भएपछि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिएको छ । एमसीसीविरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आइतबार पनि निरन्तरता दिएका हुन् […]

बानेश्वर तनावग्रस्त, प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौँ – संसद बैठक जारी रहँदा बानेश्वर क्षेत्रमा एमसिसी विरोधी प्रदर्शन तनावग्रस्त बनेको छ। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको आयोजनामा भएको विरोध प्रदर्शनमा झडपको अवस्था आएको हो । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहसहित दर्जन भन्दा बढी विद्यार्थी नेताकार्यकर्ता घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा तथा अश्रु ग्यास […]

एमसिसी विरोधी प्रदर्शन : बानेश्वर तनावग्रस्त (तस्बिरहरु)

काठमाडौँ – संसदमा एमसिसी टेबुल हुने भएपछि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन चर्किएको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी गठन अखिल क्रान्तिकारीको आयोजनामा बानेश्वरमा भएको प्रदर्शनको क्रममा झडप भएको हो । प्रहरी र प्रदर्शनकारीले एकअर्कालाई रोक्ने–धकेल्ने प्रयास गर्दा अवस्था तनावग्रस्त बनेको हो । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार […]

एमसिसीको विरोधमा संसद् घेर्ने तयारी, बानेश्वर क्षेत्रमा  उच्च सुरक्षा

काठमाडौं : एसमिसीविरुद्ध हुने प्रदर्शनलाई मध्यनजर गर्दै संसद् भवन नयाँ बानेश्वर वरपरका क्षेत्रमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ।विभिन्न राजनीतिक दल र तिनका भ्रातृ संगठनहरुले आज पनि एमसिसीविरुद्ध प्रदर्शन गर्ने तयारी गरिरहेका छन्। उनीहरूले एमसिसीको विरोधमा संसद् भवन घेराउको तयारी गरेका हुन्।सत्तारुढ दल नेकपा माओवादी केन्द्रका भ्रातृ संगठन वाईसियल नेपाल, अखिल क्रान्तिकारी लगायतले नयाँबानेश्वर केन्द्रित विरोध प्रदर्शन काकार्यक्रम तय गरेका छन्।सम्भावित झडपको अवस्थालाई मध्यनजर गरी बानेश्वर क्षेत्र

एमसिसीले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त

काठमाडौं : नयाँ बानेश्वर क्षेत्र आज पनि तनावग्रस्त बनेको छ। एमसीसीविरुद्ध विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुले बिहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन्।अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि आज संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएसँगै झनै खरोविरोध गरिरहेका छन्। प्रहरीले प्रदर्शन रोक्न पानीको फोहोर प्रयोग गरेको छ भने विरोधकर्ताहरुले ढुंगा हानानाहान गरेका छन्।एससीसी विरुद्ध गत बुधबारबाटै बारम्बार विरोध भइरहेको छ।

बानेश्वरमा आज पनि चर्कियो एमसीसी विरुद्धको प्रदर्शन

काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’को विरोधमा बानेश्वरमा प्रदर्शन जारी छ। एमसीसीको विरोधमा प्रदर्शन गर्दै राजनीतिक दलका नेता कार्यकर्तासहित विभिन्न समूहहरु बानेश्वर पुगेका छन्। दलहरुबिच सहमति नभएपछि प्रतिनिधिसभामा एमसीसी पेश नहुने लगभग पक्का भएपनि बानेश्वर प्रदर्शन जारी छ। यसअघि बुधवार पनि नयाँ बानेश्वरस्थित स‌ंसद् भवन परिसरमा प्रदर्शनकारी र…

बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाईयो

काठमाडौं । एमसीसी विरुद्ध विभिन्न दलहरूले निरन्तर विरोध प्रदर्शन गर्न थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । नयाँ बानेश्वर, माइतीघर, बबरमहल क्षेत्रमा मात्रै एक हजार भन्दा बढी प्रहरी खटाइएको छ । यसबाहेक सशस्त्र प्रहरीको छुट्टै टोली खटाइएको छ । आज पनि दल र मोर्चाले विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् । माइतीघरबाट संसद् भवनअगाडि नयाँ […]

एमसिसीविरुद्ध प्रदर्शन गर्ने १३७ जना पक्राउ

काठमाडौँ । प्रहरीले एमसिसीको विरोध गर्दै प्रदर्शन गर्ने १३७ जनालाई पक्राउ गरेको छ । काठमाडौँको नयाँ बानेश्वर, माइतीघर लगायतको स्थानबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले बताए । पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डसहित विभिन्न प्रहरी कार्यालयमा राखिएको छ । सरकारले सङ्घीय संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न नपाउने गरी निषेधित […]