अन्नपूर्ण केवलकारको सफल परीक्षण

अन्नपूर्ण केवलकारको सफल परीक्षण गरिएको छ । अन्नपूर्ण केवलकारको सफल परीक्षण गरेको केवलकारका निर्देशक तीर्थराज त्रिपाठीले बताए ।अब केही दिनसम्म केवलकार परीक्षण गर्दै अंग्रेजी नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको त्रिपाठीले बताए । उनले भने, “हामीले पोखरामा पहिलो पटक एक राउण्ड फेवातालको किनार सेतीबगरदेखि सराङकोट डाँडासम्म १८ वटै गुण्डला (डिब्बाहरु) सञ्चालन गरिसकेका छौं” बुधबार भएको […]

सम्बन्धित सामग्री

नीलगिरिखोला–२ को प्रसारण लाइनको परीक्षण सफल

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत्‌ आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ ।   नीलगिरिखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले अन्नपूर्ण गाउँपालिका–४ दोभिल्नादेखि वडा नं–३ दाना जोड्ने प्रसारण लाइनको...

घार खोलाको १४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो

म्याग्दीमा उत्पादन भएको घार खोला जलविद्युत आयोजनाको १४ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका ६ मा निर्माण भएको घार खोला जलविद्युत आयोजनाको सबै संरचना र उपकरणहरूको परीक्षण सफल भई उत्पादित विद्युत् आइतबार देखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

सराङकोट जाने केबलकार अङ्ग्रेजी नयाँ वर्षदेखि खुला हुने

पोखरामा निर्माण सकिएको अन्नपूर्ण केबलकारको परीक्षण सफल भएको छ । पोखरा १८ सेदीदेखि पर्यटकीय क्षेत्र सराङकोट जाने गरी निर्माण गरिएको केबलकार अङ्ग्रेजी नयाँ वर्षदेखि खुला गर्ने तयारी छ । कोभिड महामारीका कारण निर्धारित मितिभन्दा १ वर्ष ढिलो गरी केबलकार निर्माण सकिएको सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए ।केबलकारमा जडान भएका गण्डोला (यात्रु बोक्ने डिब्बा) र टावरहरूको परीक्षण गर्न जापानबाट ७ जनाको टोली पोखरा आएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार सबै चरण पार गरेपछिमात्र व्यावसायिक

जनवरी १ देखि पोखरामा केबलकार चल्ने, सात मिनेटमै साराङकोट पुग्न सकिने

पोखरामा नवनिर्मित केबलकारको परीक्षण सफल भएको छ । मंगलबार अन्नपूर्ण केवलकार कम्पनीले केवलकारको परीक्षण गरिएको थियो । फेवाताल किनार सेदीबगरदेखि सराङकोट जाने केबलकारको २ घण्टा गरिएको परीक्षणमा कुनै समस्या नदेखिएको सञ्चालक तिर्थराज त्रिपाठीले बताए । आगामी जनवरी १ देखि व्यावसायिक रुपमा सञ्चालन गरिने तयारी छ । कोरोना माहामारीले गर्दा निर्माणमा तोकिएभन्दा ४ वर्ष ढिलो भएको कम्पनीले जनाएको […]

मनाङको हुम्दे विमानस्थल अजदेखि सञ्चालनमा

लेक लाग्ने स्थान (हाइ अल्टिच्युड) मा रहेको हुम्दे विमानस्थलमा बिहीवारदेखि विमान अवतरण गरिएको छ । केही विदेशी पर्यटकले बिहीवार यहाँ चार्टर विमान ल्याएपछि सो विमानस्थल चलायमान हुने आशा बढेको छ । बाढीपहिराका कारण सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध भएपछि बिहीवार हुम्दे विमानस्थलमा जहाज अवतरण गरेको हो । बिहीवार यहाँ समिट एयरको चार्टर्ड जहाजमा विदेशी पर्यटक पुगेका हुन् ।बिहीवार बिहान २८ अपाङ्गता भएका व्यक्ति पर्यटक मनाङ आइपुगेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । उनका अनुसार ती पर्यटकका ४५ नेपाली सहयोगी भने सडक सञ्जालमार्फत मनाङ आउँदै गरेका छन् ।विश्वको १०औं नम्बरमा पर्ने ५ हजार ४१६ मिटर उचाइमा रहेको थोराङ्ला पास गरी मुक्तिनाथ हुँदै अन्नपूर्ण पदमार्गको यात्रा पूरा गर्ने तयारीका साथ चार्टरको समिट एयरको जहाजमार्फत उनीहरु मनाङ आइपुगेका हुन् ।समिट एयरको जहाजले १५ जनाका दरले तीन उडान गर्ने तयारी गरेपछि मौसम अनुकूलताका कारण तेस्रो उडान गर्न नसकेको उक्त विमानस्थलका कर्मचारी विश्व शर्माले जनाकारी दिए । उनका अनुसार फरक क्षमताका ४५ पर्यटक आउने तयारी भएको थियो ।‘इजरायली र भारतीय फरक क्षमता ९अपाङ्गता भएका० विद्यार्थी आइपुग्नुभएको छ । उहाँहरु ह्विल चियरको सहयोगमा थोराङ्ला पास गर्नुहुनेछ’, प्रजिअ लामिछानेले भने । ‘उहाँहरुले सडक सञ्जाल सहज नभएकाले समिट एयरको जहाज चार्टर गरी मनाङ आउनुभएको हो । उहाँहरु चार्टर्ड गरी जहाज आउने भएपछि हाल सञ्चालनमा नरहेको विमानस्थल पनि अब चलायमान बनाएको छ ।’ उनका अनुसार हुम्दे एयरपोर्टमा झरेका पर्यटक फरक क्षमता भएका हुन् र उनीहरु ह्विलचियरमा नै थोराङ्ला पास गरी मुक्तिनाथ पुग्नेछन् ।पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको पहलमा विसंं २०५९ मा सञ्चालनमा आएको एयरपोर्ट सडक सञ्जालसँग जोडिएपछि ठप्प भएको थियो ।उक्त एयरपोर्टमा विगतमा ट्वीनअटर जहाजमात्रै चल्ने गरेको थियो तर मनाङ सडक सञ्जालसँग जोडिएपछि एयरपोर्ट अवरुद्ध भएको हो । ट्वीनअटर र पाइलटसमेत पाउन मुस्किल भएपछि एयरपोर्ट बन्द भएको पूर्वमन्त्री गुरुङ बताउँछन् ।‘सडक सञ्जालमा जोडिएपछि मनाङ आउने पर्यटकले सडकको प्रयोग गर्न थाले । पर्याप्त मात्रामा पर्यटक पनि नहुने हुँदा चलाउन समस्या भएको हो । हालसम्म समिट एयरको जहाजबाहेक अन्य कम्पनीको जहाज मनाङ पुग्न सकेको छैन’, उनले भने, ‘हाइ अल्टिच्युडका कारण पनि अन्य कम्पनीका जहाजले उडान गर्न सकेका छैनन् ।’हुम्दे एयरपोर्ट सञ्चालनका लागि पर्यटन बोर्डसँग समन्वय गरी पटक–पटक पलह गर्ने कोसिस गरे पनि सरकारले ठूला विमान उडाउन नखोजेको उनी बताउँछन् । निजी कम्पनीले पनि मनाङको हुम्दे एयरपोर्टमा उडान गर्न नचाहेको उनले बताए । हाइअल्टिच्युडका कारण उक्त एयरपोर्टमा उडान गर्न समस्या भएको बताइएको छ ।ठूला जहाज उडान भर्न भने समस्या भएको प्रजिअ लामिछानेले बताए । हाइ अल्टिच्युडका साथै ठूला जहाजले उडान गर्न सकस मान्ने गरेको बोर्डले जनाएको छ । त्यसमाथि सडक सञ्जालसँग जोडिएपछि पर्याप्त मात्रामा यात्रु पाउन मुस्किल भएकाले एयरपोर्ट चलायमान हुन नसकेको स्थानीयवासीको भनाइ छ ।सडक सञ्जालसँग मनाङ जोडिनु र पर्यटकलाई जहाजभन्दा सडक सञ्जालमार्फत आवतजावतमा कम मूल्य पर्ने भएपछि पनि यहाँ जहाज चलाउन नसकिएको हो । हुम्दे एयरपोर्ट विसं २०५९ मा एयरपोर्ट कालोपत्र भएपछि चल्न नसकेको बताइएको छ । गण्डकी प्रदेश सरकारले विसं २०७६ भदौ २६ मा सफल परीक्षण उडान गरेको थियो ।बाढीपहिराले सडक सञ्जालमा क्षति पुर्‍याएर सञ्चालन हुन नसकेको अवस्थामा अब यो विमानस्थललाई निरन्तर गर्न सकिएमा स्थानीयवासीसँगै पर्यटकको आवतजावत र सामग्री ढुवानीमा सहज हुने स्थानीयवासीको भनाइ छ । अहिले पनि यहाँको सडक पूर्णरूपमा सञ्चालन हुन सकेको छैन । सडक सञ्जाल अवरुद्ध भएकाले मनाङवासीले सास्ती खेप्नुपरेको छ ।