बल प्रयोग गरेर एमसीसी पास हुँदैन– झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास गर्ने कुरामा बल प्रयोग गरेर नहुने बताएका छन् ।  प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा संक्षिप्त  प्रतिक्रिया दिँदै खनालले भने, ‘असहमति भएको विषयमा बल प्रयोग गरेर हुँदैन । धाकधम्की दिएर हुँदैन ।’ खनाल सत्तारुढ गठबन्धनले एमसीसी सम्झौताका सन्दर्भमा अध्ययन गर्न र साझा धारणा बनाउन भनेर गठन गरेको कार्यदलका संयोजक हुन् । त्यसअघि नेकपाले बनाएको एमसीसी अध्ययन कार्यदलको पनि खनाल नै संयोजक रहेका थिए । त्यसबे...