खानेपानी योजनामा रेडक्रसको लापरबाही

दैलेखको नौमूले गाउँपालिका–३ को द्धारीमा नेपाल रेडक्रस दैलेखले खानेपानी निर्माणमा चरम लापरबाही गरेको हो । हालै निर्माण गरेका धारामा पानी नआएपछि स्थानीले पानी खान पाएका छैनन् भने रेडक्रसले योजना निर्माणमा चरम लापरबाही गरेको हो ।खानेपानी योजनाको काम निर्माण सम्पन्न भैसक्दा समेत द्धारीको आचार्य टोल, गोतामे टोललगायतका टोलका नागरिकले पानी खान नपाएको गुनासो गर्दै आएका छन् […]