नेपालमा ऊर्जा संकट : उद्योगको महशुल बढाउन छलफल, अप्रत्यक्ष भार उपभोक्तालाई नै पर्ने !

चैत १०, काठमाडौं। विद्युतीय संकट निम्तिएको भन्दै नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा प्रयोग हुने विद्युत्को मूल्य बढाउने तयारी गरेको छ । त्यसका लागि प्राधिकरणले बिहीवार उद्योगी व्यवसायीसँग छलफल पनि गरेको छ । बिहीवार नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ लगायत संस्थाका पदाधिकारीसँग छलफल गर्दै प्राधिकरणले भारतबाट आयात भएको विद्युत्को मूल्य सोही अनुसार बढाउने विषयमा प्रस्ताव गरेको थियो । सो विषयमा उद्योगीले छोटो समयका लागि उत्पन्न संकटलाई हेरेर मूल्य बढाउन उपयुक्त नहुने धारणा राखेका थिए । उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष विष्णु अग्रवालले प्राधिकरणले विद्युत्को मूल्य बढाउन खोजेको भन्दै छोटो समयका लागि उत्पन्न परिस्थितिमा मूल्य बढाइहाल्न आवश्यक नरहेको बताए । ‘प्राधिकरणले भारतबाट महंगोमा विद्युत् खरीद गर्ने स्थिति आएकाले औद्योगिक क्षेत्रमा प्रयोग हुने विद्युत्को मूल्य बढाउन खोजेको छ’ सीएनआई अध्यक्ष अग्रवालले अभियानलाई भने, ‘छोटो समयका लागि उत्पन्न परिस्थतिमा मूल्य बढाइहाल्नु पर्दैन । त्यसले उत्पादन लागत महंगो बनाउने र समग्र मूल्यवृद्धि बढाएर उपभोक्तालाई नै मारमा पार्ने हुन्छ।’ अग्रवालले विद्युत् प्राधिकरण नाफा कमाउने संस्था नभएर सेवा मुलक संस्थ भएकाले नाफा प्रयोग गरेरै भएपनि तत्काल औद्योकि क्षेत्रलाई चल्तीकै मूल्यमा विद्युत् उपलब्ध गराउनुपर्ने बताए । यसअघि भारतबाट आयातित विद्युत् मंगलवार र बुधवार महंगो परेको भन्दै प्राधिकरणले उद्योगहरुमा विद्युत् आपूर्ति घटाएको थियो । त्यसपछि उद्योगी व्यवसायीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर विद्युत् आपूर्ति नियमित गर्नका लागि पहल गरिदिन आग्रह गरेका थिए । नेपाल विदुत् प्राधिकरणले भारतबाट आउने विद्युत् महंगो परेको भन्दै उद्योगहरुमा विद्युत्को आपूर्ति घटाएपनि बिहीवार रातीदेखि नियमित विद्युत् आपूर्ति हुने जानकारी गराएको छ । बिहीवार दिउँसो पत्रकार सम्मेलन गर्दै प्राधिकरणले अन्तरराष्ट्रिस्तरमै विद्युतीय संकट उत्पन्न भएकाले समाधानका लागि पहल भइरहेको जानकारी गराएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीवार उद्योगी व्यवसायीहरुसँग समेत छलफल भएकाले कुनैपनि हालतमा विद्युत् कटौती नहुने बताए । यद्यपि उद्योगी व्यवसायीहरुसँगको छलफल सकारात्मक रहेको घिसिङको भनाई थियो । पछिल्लो समय भारतबाट आयात गर्नुपरेको विद्युत् महंगो भएकोले केही दिन समस्या आएपनि समस्या दीर्घकालीन नरहने कार्यकारी निर्देशक घिसिङले विश्वास व्यक्त गरे । ‘विद्युत् संकट नेपालमा मात्रै होइन । अन्तरराष्ट्रिय संकट हो । भारतका उत्पादन हुने विद्युत्को करीब ७० प्रतिशत कोइलामा निर्भर छ । भारतबाट नेपालले आयात गर्न पाउने भनेको त्यही कोइलाबाटै उत्पादन हुने बिजुली मात्रै हो’ कार्यकारी निर्देशक घिसिङले भने, ‘कोइलाबाट मात्रै उत्पादन गरेको बिजुली नेपालमा सप्लाई गर्न पाउने व्यवस्था भारतमा रहेका कारण नेपालले खरीद गर्ने बिजुली महंगो भएको हो ।’ पछिल्लो समय विद्युत्को माग बढेको नेपाल विदुत प्राधिकरणको भनाई छ । अहिले ३ सय देखि साढे ३ सय मेगावाट विद्युत् आयात गरी आपूर्ति गर्दै आएको प्राधिकरणले वर्षायाममा समस्या नहुने बताएको छ । जेठ महीनापछि नेपालको विद्यत् उत्पादन बढ्ने भन्दै आगामी वर्ष नेपालको विद्युत् उत्पादन नै २२ सय देखि २३ सय मेगावाट हुने घिसिङले बताए । वर्षामा ४ देखि ५ सय मेगावाट स्पिल हुने घिसिङको भनाई थियो । अहिले १६ सय मेगावाट विद्युत् माग भएकोमा ३ देखि साढे ३ सय मेगावाट कमी रहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । प्राधिकरणले भारतबाट ३८ रुपैयाँ युनिटका दरले विद्युत् खरीद गरेर नेपालमा सस्तोमा बेच्दा घाटा बढ्ने बताएको छ । अहिले भारतबाट खरीद गरेर उपलब्ध गराइरहेको मूल्य अनुसार विद्युत्को कारोबार गर्दा आगामी ३५ दिनमा ८ अर्ब रुपैयाँ घाटा बेहोर्नुपर्ने पनि प्राधिकरणको भनाइ छ ।

सम्बन्धित सामग्री

ऊर्जा संकट सकिएको हो त ?

देशमा धेरै थरीका संकट छन् । लामो समयदेखि कृषि उत्पादन कम हुँदा खाद्यान्नको आयात भइरहेको छ, महँगीले सबैको ढाड सेकेको छ । अहिले पनि दिनमै दर्जन पल्ट बत्ती जाने-आउने गरेको छ, केही वर्षअघि त २० घण्टासम्म लोडसेडिङ खेपेकै हो हामीले । नेपाल विद्युत् प्राधिकरणको भनाइ हेर्दा देशले अब ऊर्जा संकट नहुने देखाउँछ, स्वदेशमा विद्युत् खपत […]

ऊर्जा संकट राष्ट्र निर्माणको प्रमुख बाधकः अध्यक्ष भट्ट

टीबीआई ग्रुपका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष भवन भट्टले ऊर्जा संकट नै राष्ट्र निर्माणको प्रमुख बाधक भएको बताएका छन् । ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ नाराका साथ मंगलबार सुरु दुई दिने ऊर्जा सम्मेलनमा बोल्दै उनले ऊर्जा संकट नै राष्ट्र निर्माणको प्रमुख बाधक बनेको बताएका हुन् । सम्मेलनमा भट्टले ६५० मेगावाट क्षमताको तामाकोशी थ्री […]

प्लास्टिकबाट पेट्रोलको बहस

अहिले संसारमा ऊर्जा संकट देखिएको छ। रुस–युक्रेनबीच एक वर्ष अघिदेखि जारी युद्धका कारण यो ऊर्जा संकट देखिएको हो। यस बीचमा प्राध्यापक एरविन रेस्नरले नयाँ विकल्प देखेका छन्। उनले प्लास्टिकको थुप्रोबाट ऊर्जा संकट समाधानको उपाय देखेका हुन्। ‘प्लास्टिक जीवाश्म इन्धनको अर्को राम्रो विकल्प हुन सक्छ,’ क्याम्ब्रीज विश्वविद्यालयमा इनर्जी तथा सस्टेनबलीटीका प्राध्यापक रेस्नरले भनेका छन्। रेस्नरका अनुसार […]

जलाशययुक्त आयोजना ‘कोमा’मा, ऊर्जा संकट ढोकामा

नेपाल सरकारले ऊर्जा प्रणालीमा अत्यावश्यक जलाशययुक्त आयोजना बनाउन अझै चासो दिएको छैन । त्यसैकारण सुख्खायाममा भारतीय बिजुलीमा निर्भरता बढ्दैछ । नेपाल विद्युत प्राधिकरणले भारतबाट ल्याइने बिजुली प्रसारण गर्ने पूर्वाधार नभएको भन्दै साँझमा उद्योगहरुमा विद्युत कटौती गरिरहेको छ ।

ऊर्जा संकट विमुख बेलायतको अपेक्षा

आफ्नो कार्यभार सम्हाल्न डाउनिङ स्ट्रिटमा नयाँ प्रधानमन्त्रीको रूपमा उपस्थिति हुने व्यक्तिको टुङ्गो लागि सकेको छ। वर्तमान विदेश सचिव लिज ट्रस ऋषि सौनुकलाई पराजित गर्दै बेलायती सरकारको बागडोर सम्हाल्ने निश्चित भइसकेको छ। यस कठिन परिस्थितिमा बेलायती प्रधानमन्त्री भएकी ट्रसका सामु थुप्रै चुनौतीका पहाड छन्। कोरोना महामारी पछिको संसार बदलिँदो आर्थिक परिवेश र वैदेशिक नीति अबका चुनौती […]

बंगलादेशमा ऊर्जा संकट, बिजुली बचाउन स्कुल र कार्यालय अवधि घटाइयो

बंगलादेशमा ऊर्जा संकट निम्तिएको छ । यससँगै, बिजुली बचाउनका लागि बंगलादेश सरकारले स्थानीय विद्यालय र कार्यालय समय घटाउने निर्णय गरेको छ । बंगलादेशले गत महिनादेखि नै दैनिक २ घन्टा लोडसेडिङ सुरू गरेको थियो ।यही समयमा बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेको छ । मूल्यवृद्धि र ऊर्जा संकटकाबीचमा बंगलादेशी नागरिकहरू सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन् । उनीहरूले सरकारले सुरू गरेको औपचारिक लोडसेडिङको विरोध गरिरहेका छन् ।रुस–युक्रेन युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थ र

नेपालमा अचानक लोडसेडिङ : ऊर्जा संकट नै निम्तिएको हो ?

नेपालमा बर्खायाममा माग धान्नेगरी र अझ बढी बिजुली उत्पादन हुन थालेको छ । तर, अधिकांश जलविद्युत आयोजना नदी बहावमा आधारित (रन अफ रिभर–आरओआर)  प्रकृतिका भएकाले पानीको मात्रा घट्नासाथ बिजुली उत्पादन पनि स्वतः घट्छ । यसको सीधा असर ऊर्जा उपलब्धतामै पर्छ । बर्खामा बिजुली खेर फालेको नेपालमा अहिले सोही समस्या दोहोरिएको छ । आन्तरिक उत्पादन र भारतबाट हुने आयातबाट विद्युत् कटौती (लोडसेडिङ) अन्त्य भएकोमा समस्या फेरि दोहोरिँदैछ । कोइलाको भाउ आकासिएका कारण भारतीय बजारमा बिजुलीको भाउ महँगिएको छ ।

‘ऊर्जा संकट टार्न चार देशबीच सहकार्य’

दक्षिण एसियाली राष्ट्रबीच दिगो ऊर्जा सुरक्षाका लागि एकीकृत ग्रिडको मार्गचित्र निर्माण गर्नुपर्ने अवधारणा अघि सारिएको छ । भारतीय उद्योग महासंघ (सीआईआई) ले दिगो ऊर्जा सुरक्षामा अग्रसरता विषयलाई केन्द्रित गरेर आयोजना गरेको भर्चुअल साउथ एसिया पावर समिटमा नेपाल, भारत, भुटान र बंगलादेशका ऊर्जा क्षेत्रका सरकारी र निजी क्षेत्रका प्रतिनिधिले एकीकृत ग्रिडमा जोड दिँदै यस्तो अवधारणा अघि […]

भारतमा ऊर्जा संकट कसरी आयो ?

काठमाडौँ - छिमेकी भारतमा गत सेप्टेम्बर अन्तिम सातादेखि कोइला आपूर्तिमा संकट उत्पन्न भएपछि त्यसको चर्चा विश्वभर चलेको छ । कूल ७० प्रतिशत बिजुली कोइलाबाट उत्पादन गर्ने भारतले आगामी केही महिना (सरकारी दाबीमा आधा वर्ष) चरम ऊर्जा संकट झेल्नुपर्ने चेतावनी त्यहाँका अधिकारीहरूले दिइसकेका छन् । पछिल्लो तथ्यांकअनुसार भारतमा विद्…

जुम्लाको उर्जा संकट व्यवस्थापन गर्न उर्जा मन्त्रीसँग पत्रकारको माग

कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठसँग पत्रकारहरुले उर्जा संकट व्यवस्थापन गरिदिन हुन माग गरेका छन् । अवलोकन तथा अनुगमन अध्ययनका लागि जुम्ला पुगेका मन्त्रीलाई  राष्ट्यि प्रशारण...