एनएसएलमा धनगढी र ललितपुरको बराबरी - NepaliPatra

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत धनगढी एफसी र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेलेका छन् । शनिबार दशरथ रङ्गशालामा सम्पन्न खेलमा धनगढी र ललितपुरले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । दुवै टिमले गोल गर्ने केही राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । खेलको म्यान अफ दि म्याच ललितपुर सिटी […]

सम्बन्धित सामग्री

नेपाल सुपर लिग : धनगढी र ललितपुरको बराबरी, दुवैलाई घाटा

धनगढी एफसी र ललितपुर सिटी एफसीले बिहीबार नेपाल सुपर लिगमा १–१ को बराबरी खेलेका छन् । यो नतिजाले दुवै टिमलाई घाटा पुर्‍याउने छ । धनगढीले जितसँगै शीर्ष स्थानमा उक्लने अवसर गुमायो भने ललितपुर पहिलो जितबाट वञ्चित रह्यो । धनगढीको तीन खेलबाट चार अंक भएको छ र दोस्रो स्थानमा पुगेको छ । ललितपुर भने तीन खेलबाट दुई अंकमै सीमित रह्यो र पुछारमा रह्यो ।

धनगढीले ललितपुरको सामना गर्दै, विराटनगरमाथि पोखराको जित

धनगढी अङ्कतालिकाको तेस्रो स्थानमा छ । ललितपुर भने दुई खेलमध्ये एकमा बराबरी र अर्कोमा हार बेहोरेर तालिकाको पूछारमा छ । धनगढीले एकमा जित र एकमा हार बेहोरेको छ । साँझ साढे पाँच बजेपछि उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रङशालामा खेलाइनेछ । प्रतियोगिता अन्तगर्त गए राति सम्पन्न खेलमा बिराटनगरलाई पोखराले हराएको थियो । ८३ औं मिनेटमा नवयुग श्रेष्ठले गर्नुभएको एक मात्र गोल पोखरालाई जित दिलाउन पर्याप्त भयो । जितसँगै पोखरा चौथो स्थानमा उक्लेको छ। बिराटनगर भने दुई खेलमध्ये एकमा जित र अर्कोमा हारसँगै तीन अङ्क बटुलेर दोस्रो स्थानमा छ ।