इङ्ग्लिस प्रिमियर लिगमा एभर्टन छैठौं र एस्टोन भिल्ला आठौँ स्थानमा प्रवेश

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन छैठौं स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग ३–३ गोलको बराबरी खेल्दै एभर्टन छैठौं स्थानमा उक्लिएको हो । यस्तै एस्टोन भिल्ला आठौँ स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा आर्सनललाई १–० गोल अन्तरले पराजित गर्दै एस्टोन भिल्ला आठौँ स्थानमा उक्लिएको हो । गएराति भएकाे अर्काे खेलमा बर्नली र ब्राइजटोनले १–१ गोलको बराबरी खेलेका छन् भने फुलह्याम र वेष्ट ह्यामबीचको खेलमा दुवै समूहले गोल गर्न सकेनन् । अतिरिक्त समयमा पनि यी दुई समू...