ठूला योजना थलिएपछि सरोकारवालाको चासो बढ्यो

म्याग्दीमा विकास निर्माण योजनामा चरम ढिलासुस्ती भएपछि जिल्लाका सरोकारवाला जुर्मुराएका छन् । सडक, अस्पताल, जलविद्युतलगायतका विकास निर्माण योजनामा भएको ढिलासुस्तीले आमनागरिकलाई सास्ती भएको छ भने प्राकृतिक विपत्तिका घटनासमेत बढाएको छ । विकासमा केन्द्रीयस्तरको पहुँच नपुग्ने र वर्षौंदेखि सुरु भएका योजनाले समेत पूर्णता नपाउने समस्याले जिल्लाबासी चिन्तित छन् भने जिल्लाका राजनीतिक नेतृत्व र जनप्रतिनिधि आलोचित बन्नुपरेको […]