सम्पदा पुनर्निर्माण : अझै गर्नुपर्ने काम धेरै बाँकी

२०७२ साल माघ २ गते। भूकम्प सुरक्षा दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको मध्य भागमा रहेको न्हू पुखु (रानीपोखरी) पुनर्निर्माणको शिलयान्स गरिन्। देशै भरी पुनर्निर्माणको महाअभियान सुरु गरिन् उनले। सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ललितपुरको बुंगमती पुगेर गुरुयोजना सार्वजनिक गरे। अनि निजी घर पुनर्निर्माणको शुभारम्भ गरे।

सम्बन्धित सामग्री

अझै पुनर्निर्माणकै चरणमा राजधानीका सम्पदा (फोटोफिचर)

२८ फागुन, काठमाडौं । विनाशकारी भूकम्पमा परी राजधानी काठमाडौं उपत्यकाका सम्पदा भत्किएको ७ वर्ष पूरा हुन लागिसक्यो । भूकम्पमा भत्किएका संरचना पुनर्निर्माणका लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पनि पुनर्निर्माणका धेरैजसो काम सकियो भनेर खारेज भइसक्यो । तर राजधानीको सम्पदा पुनर्निर्माण अझै सकिएको छैन । ललितपुरको थेँचो, बुङ्मती, पाटन, काठमाडौंको वसन्तपुर, जैसीदेवल, भक्तपुरको दरवार परिसर […]

उठ्दैछन् सम्पदा (फोटो फिचर)

काठमाडौं : विनाशकारी भुकम्पले राजधानीका सम्पदा भत्काएको सात वर्ष हुन लागिसक्यो। सरकारले औचित्य सकिएको भन्दै पुनर्निर्माण प्राधिकरण खारेज गरिसक्यो।तर राजधानीका सम्पदा पुनर्निर्माण कार्य भने जारी नै छ। ललितपुरको ठेचो, बुङमती, पाटन, काठमाडौंको वसन्तपुर, जैसीदेवल, भक्तपुरको दरवारपरिसर र दत्तात्रय वरपर धमाधम मन्दिर पाटीपौवा पुनर्निर्माणको काम भइरहेको छ।

पुनर्निर्माण गर्दा सम्पदाको मौलिक स्वरुप बिगारिएको छैन : प्रमुख शाक्य

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा पुनर्निर्माण गर्दा कुनै पनि सम्पदाको मौलिक स्वरुप नबिगारिएको बताएका छन्। महानगरपालिका-५ कोटा टोलमा पुनर्निर्माण भएको गुठीघरको उद्घाटनमा शुक्रबार यस्तो बताएका हुन्।महानगर प्रमुख शाक्यले भने, ‘सम्पदाको मौलिकता बिगार्नु हुँदैन, आवश्यकताका आधारमा सुधार गर्न सकिन्छ, हामीले कार्यकालको शुरुदेखि भन्दै आएका हौँ, यसै अनुसार काम पनि गर्दै आएका छौँ।’नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं संघीय सांसद ईश्वर पोखरेलले समुदायको अस

काठमाडौं महानगरका सबै सम्पदा पुनर्निर्माण : मेयर शाक्य

काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र सम्पदा पुनर्निर्माणको काम कहीं छुटेको भए जानकारी गराउन अपिल गरेको छ ।काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रायः सबै सम्पदाको पुनर्निर्माणको काम भइसकेको दाबी गर्दै कहीं छुटेको भए जानकारी गराउन महानगरबासीलाई अपिल गरेका हुन् । शनिबार काठमाडौंको क्षेत्रपाटीमा निर्माण गरिएको धर्मकीर्ति विहारको विस्तारित भवनको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले काठमाडौं महानगरपालिका बाहिरका सम्पदाको […]

सम्पदा पुनर्निर्माण गर्न छुटेको भए जानकारी गराउन मेयर शाक्यको अपिल

काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र सम्पदा पुनर्निर्माणको काम कहीँ छुटेको भए जानकारी गराउन अपिल गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रायः सबै सम्पदाहरुको पुनर्निर्माणको काम भईसकेको दावी गर्दै कहीँ छुटेको भए...

सम्पदा पुनर्निर्माणको बाँकी काम पर्यटन मन्त्रालयलाई हस्तान्तरण

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्पदा पुनर्निर्माणको बाँकी काम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई हस्तान्तरण गरेको छ । प्राधिकरणले सोमबार पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणसम्बन्धी कार्यहरु पर्यटन मन्त्रालयमा हस्तान्तरण गरेको हो । प्राधिकरणका सचिव सुशिलचन्द्र तिवारीले सम्पदा पुनर्निर्माण सम्बन्धी कार्यहरु मन्त्रालयका सचिव यादव प्रसाद कोइरालालाई हस्तान्तरण गरे । यसअघि, गत भदौ ३० गते निजी आवास, बस्ती […]

निषेधाज्ञामा पनि रोकिएन  एतिहासिक सम्पदाको पुनर्निर्माण

वैशाख ३०, काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार क्षेत्र (हनुमानढोका क्षेत्र) का ऐतिहासिक सम्पदा पुनर्निर्माणका काम पहिलेकै गतिमा भइरहेका छन् । विश्वभरि फैलिएको कोभिड–१९ महामारीका कारण यही वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित अन्य जिल्लामा सरकारले निषेधाज्ञा जारी गरेको भए पनि यहाँको ऐतिहासिक सम्पदाको पुनर्निर्माणको काम नियमितरूपमा भइरहेको छ ।            निषेधाज्ञाकै बीच कामदारले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै पुनर्निर्माणको काम गरिरहेका छन् । गोरखा भूकम्पका कारण ५८ ओटा सम्पदामा क्षति भएको थियो । तीमध्ये अहिले २७ ओटा सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेका छन् । यहाँ रहेका ७० ओटा सम्पदामध्ये १२ ओटामा भूकम्पले क्षति गरेको थिएन । आगम्छे मन्दिर, मोहनकाली र नागपोखरीसँगै रहेको शिव मन्दिरको पुनर्निर्माण शुरु हुन बाँकी छ ।            फरासखाना, राणाकालीन सेतो भवन, त्रिभुवन स्मृति भवन र नौतले दरबारलगायतका ११ ओटाको पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए। हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनर्निर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको हेरचाह अड्डाले बताएको छ ।            यसैगरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुनर्निर्माण सम्पन्न भइसकेको छ । जगन्नाथ र गोपीनाथ मन्दिर वाग्मती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनर्निर्माण भइरहेको छ । नासलचोक पश्चिमको राणाकालीन सेतो भवन र नासलचोक तथा गद्दी बैठकबीचको भवन पनि हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिमार्फत पुनर्निर्माण भइरहेको छ । आगम्छे र शिव मन्दिर जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको छ । मोहनकाली चोक, मूलचोक, नासल चोकलगायतका चोक यहाँका अन्य महत्वपूर्ण सम्पदा हुन् ।            विगत तीन महीनाअघि पुनर्निर्माणका लागि आवश्यक पर्ने लामा काठको अभाव भएको भन्दै पुनर्निर्माणको काममा समस्या भएको थियो । अहिले आवश्यक पर्ने काठ आइपुगेको र आयातमा सहज भएपछि निर्माणको कामले पुनः गति लिएको हो । ठूला र लामा काठ अभावमा यस क्षेत्रको नौतले दरबार र १० अवतार मन्दिरको काम अवरुद्ध भएको थियो । अहिले ती दुवै सम्पदा निर्माणको काम तीव्ररूपमा भइरहेको छ । यी दुवै सम्पदा निर्माणका लागि १० फिटभन्दा लामा काठ आवश्यक परेको थियो ।            निर्माणको चरणमा रहेको ऐतिहासिक नौतले दरबारको निर्माणको काम ८० प्रतिशत र १० अवतार मन्दिरको ७० प्रतिशत काम सम्पन्न भएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख खनालले जानकारी दिए । भूकम्पका कारण क्षति भएको गद्दी बैठक अब सर्वसाधारणका लागि पनि खोलिने भएको छ । अमेरिकी दूतावास र संस्कृति सम्पदा कोषले पुनर्निर्माण गरेको गद्दी बैठक विसं २०७५ असारमा नै नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उद्घाटन गर्नुभएको थियो ।            विदेशीलाई स्वागत गर्न विशिष्ट किसिमको छुट्टै बैठककक्षको आवश्यकता महसुस गरेर तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा विसं १९६५ मा वसन्तपुर दरबारमा यूरोपेली वास्तु शैलीमा बेलायती बैठक (गद्दी बैठक) निर्माण गरिएको थियो ।  काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा            हनुमानढोका क्षेत्रको अर्को महत्वपूर्ण सम्पदाका रूपमा रहेको काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणको कामअन्तर्गत अहिले ९० प्रतिशतभन्दा बढी काम सकिसकेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए। अहिले छानो छाउने काम भइरहेको छ । छानाका लागि आवश्यक पर्ने केही अपुग काठ ल्याउने प्रक्रियामा रहेकाले निर्माणको काम केही बाँकी रहेको हो ।            यस सम्पदाको पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौं महानगरपालिकाले पुनर्निर्माण समितिलाई आवश्यकतानुरूप रकम हस्तान्तरण गरिरहेको छ । पुनर्निर्माणका लागि जम्मा १७ हजार ५८ घनफिट काठ आवश्यक पर्दछ ।रासस

महामारीमा पनि रोकिएनन् पाइला

जारी कोरोना महामारीबाट जनताको जीवनस्तर र विकास निर्माणका काम प्रभावित भए। खासगरी चिनियाँ कम्पनीसँग जोडिएका आयोजनामध्ये भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत दर्जनभन्दा बढी आयोजनाको प्रगतिमा कोरोनाको प्रभाव प्रस्ट देखियो। त्यसो त सरकारले कोरोना महामारीमा पनि विकास निर्माणका काम नरोक्ने नीति लिएको छ। सोहीअनुसार सडक, पुल, झोलुंगे पुल, खानेपानीका ट्यांकी, सम्पदा पुनर्निर्माण, भूकम्पपछिको पुनर्निर्माण र एकीकृत बस्ती विकासका योजनामा प्रगति भएको सर

हनुमानढोका दरबार क्षेत्रका अधिकांश सम्पदा पुनर्निर्माण भएनन्

भूकम्पको तीन वर्ष बित्दा पनि विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका दर्जनौं सम्पदाको पुनर्निर्माण सुरु हुन सकेको छैन । पुनर्निर्माण सुरु भएका गद्दी बैठक नौतले दरबारलगायत सम्पदाको काम पनि सुस्त गतिमा भइरहेको छ । सम्पदा पुनर्निर्माण नहुँदा विदेशी पर्यटक आउन कम भएको पर्यटन व्यवसायीको भनाइ छ ।

ठेकेदार गायव हुँदा पुनर्निर्माण अलपत्र

ठेकेदारले काम नगर्दा ललितपुरको पाटन दरबार क्षेत्रको सम्पदा पुनर्निर्माण अलपत्र परेको छ । ठेक्का पाएको एक वर्ष हुँदा पनि ठेकेदार काममा नआएपछि दरबार क्षेत्रमा अवस्थित राधाकृष्ण मन्दिर पुनर्निर्माण अलपत्र परेको हो । विश्व सम्पदा सूचीमा सूचीकृत मन्दिर पुनर्निर्माणको ठेक्का विनायक राम निर्माण कन्सट्रक्सन प्रालिलाई दिइएको थियो । ठेक्काको लागत चार करोड रूपैयाँ छ ।