इश्माका पहिरो पीडितलाई घर बनाउन २ लाख ५० हजार रुपैयाँ दिइयो

गुल्मी : इश्माका पहिरो पीडितका लागि मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रममार्फत घर बनाउन रकम उपलब्ध गराइएको छ।पहिरो पीडित १० घरपरिवारलाई घर बनाउनका लागि दुई लाख ५० हजार रुपैयाँका दरले रकम उपलब्ध गराइएको कार्यक्रमका फोकल पर्सन हरिप्रसाद घिमिरेले जानकारी दिए।गत वर्ष चलेको पहिरोमा परी उनीहरू पीडित भएकाहरूलाई घर निर्माण गर्न रकम उपलब्ध गराइएको इश्मा गाउँपालिकाले जनाएको छ। वडा नम्बर १,  मल्दीका टेकबहादुर सारु, सूर्यबहादुर सिंजाली, बोमबहादुर महत, गुर्वाका लोके कुमाल, इश्मा गाउ