काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा २४ का अध्यक्ष बालकृष्ण श्रेष्ठ एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। एमालेबाट पाँच वर्षअघि वडा अध्यक्षमा निर्वाचित श्रेष्ठ सोमबार पार्टी अध्यक्ष माधवकुमार नेपालको हातबाट टिका तथा खादा लगाएर समाजवादी प्रवेश गरेका हुन्। यसअघि महानगरका दुईजना वडा अध्यक्षले समाजवादीको पक्षमा सनाखत गरेका थिए।