नेकपा एमाले लुम्बिनी प्रदेश सभा सदस्य दृगनारायण पाण्डेले पदबाट राजीनामा दिएका छ ।
अहिलेको सरकारबाट आफ्नो क्षेत्रका जनताको विकासप्रतिको प्रतिबद्धता पूरा गर्न नसकेपछि राजीनामा दिएको उनले बताएका छन् ।
पाण्डेले लोकान्तरसँग भने, ‘आज पार्टीको संसदीय दलको बैठकमा पनि मैले कुरा राखें, मुख्यमन्त्रीले सुन्नुभएन । त्यसैले पार्टी र सांसद पदमा बस्न उचित ठानिनँ । त्यसैलै सांसद र पार्टी त्याग गरेको हुँ ।’
पोखरेल आजै मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् । पाण्डे कपिलवस्तु क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद हुन् ।
...