अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले शुक्रबार जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, न्यूजील्याण्ड र क्यानडाका नेताहरुसँग आकस्मिक वार्ता गर्नुहुने एक अमेरिकी अधिकारीले जानकारी दिएका छन् । बैंककमा एशिया–प्रशान्त शिखर सम्मेलनमा भाग लिँदै ह्यारिसले उत्तर कोरियाले हालैको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणको बारेमा परामर्श गर्न पाँच नेताहरूसँग भेटवार्ता गर्नुहुने बताइएको छ । ह्वाइट हाउसका अधिकारीले उत्तरको आधिकारिक नाम, डेमोक्र्याटिक पिपुल्स रिपब्लिक …