काठमाडौं उपत्यकामा निषेधाज्ञा थपियो, पुरानै नियमलाई निरन्तरता (निर्णयसहित)

काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन थपिएको छ। आइतबार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।निषेधाज्ञा भोलि (सोमबार) देखि साउन २० गतेसम्म जारी रहने निर्णय भएकाे छ। जारी निषेधाज्ञा आज आइतबार (आज) सकिँदै छ। तीन वटै जिल्लाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै पुरानै नियमलाई निरन्तरता दिएको छ। थप १० दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सब

सम्बन्धित सामग्री

उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, फिल्म हल र जिमखानाबारे छलफलपछि निर्णय हुने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ । कोरोना संक्रमण बढिरहेकाले निषेधाज्ञा थप्ने तयारी भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।प्रमुख जिल्ला अधिकारी पराजुलीले संक्रमण बढिरहेकाले निषेधाज्ञा पुरै नहट्ने बताए । उनले सार्वजनिक सवारीसाधन खुलेपनि उपत्यकाभित्र रात्रि क्लब, पार्टी प्यालेस, होटेल, रेष्टुरेण्टमा कडाइ हुनसक्ने बताए । ‘अहिले नै रात्रि व्यवसाय खुलाउन सक्ने अवस्था छैन । फिल्म हल र जीमखानाबारे आज छलफल गरेर निर्णय गर्छौ&

निषेधाज्ञाको अनिश्चितता

काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाउँदै १ हप्ताका लागि थपिएको छ । मुलुकका विभिन्न क्षेत्रमा पनि थप खुकुलो बनाउँदै निषेधाज्ञालाई निरन्तरता दिइएको छ । अर्थतन्त्र र जनजीविकामा समस्या पर्दै गएको अवस्थामा निषेधाज्ञा खुकुलो बनाउनु सकारात्मक हो तर सरकारसँग महामारी कम गराउँदै लैजाने ठोस योजनाको भने अभाव देखिएको छ । त्यसैले यो कुन बेला कडा पारिने हो वा खुकुलो पारिने हो, सरकारसँग समयबद्ध योजनाको खाका देखिँदैन । यसले गर्दा अर्थतन्त्र र व्यावसायिक क्षेत्रका समस्या यथावत् छन् । खोप आउने सम्भावना हराउँदै गएको भान हुन्छ । यस्तोमा धेरैभन्दा धेरै परीक्षण गरेर नागरिकलाई निश्चित पार्न सकेमात्रै पनि यसको लहर कम गर्न मद्दत मिल्नेछ । कोरोना संक्रमितको संख्या घट्दै गएको देखिन्छ । तर, परीक्षण नै घटाइएकाले महामारीको वास्तविक अवस्था के छ भन्न सकिने आधार छैन । सरकारलाई राजस्वको आवश्यकता परेको छ भने व्यवसायीहरू व्यवसाय धान्न नसक्ने अवस्थामा पुगिसकेका छन् । यस्तोमा निषेधाज्ञा खुकुलो गर्नु उपयुक्त नै हो । तर, खुकुलो बनाउँदै जाँदा सबै खुकुलो बनाउने र कडाइ गर्दा सबै क्षेत्रमा कडाइ गर्ने सरकारी तरीका उपयुक्त देखिँदैन । अहिलेको निषेधाज्ञालाई ‘स्मार्ट लकडाउन’ भनिएको छ तर यो स्मार्ट छैन । सरकारले बन्द गराएका क्षेत्र पनि निर्बाध चलिरहेका छन् । तर, अनुगमन र कारबाही हुन सकेको छैन जसले गर्दा निषेधाज्ञाको मर्मविपरीत नागरिक र व्यवसायीको क्रियाकलाप भइरहेको पाइन्छ । वास्तवमा स्मार्ट लकडाउन भन्नाले माइक्रो लकडाउन अर्थात् कोरोना संक्रमित देखिएको टोल वा सानो क्षेत्रलाई मात्रै बन्दाबन्दीमा राख्ने विधि पनि बुझिन्छ । खासगरी पाकिस्तानमा यसो गर्दा प्रभावकारी भएको बताइन्छ । तर, हाम्रोमा यस्तो व्यवहार भइरहेको छैन । नागरिक स्तरमा स्वास्थ्य मापदण्डको पालना भएको छैन । पहुँचवालाहरूले जति उल्लंघन गरे पनि कसैले केही नभन्ने तर कारबाही नहुने भएकाले त्यसैको सिको सानाले पनि गर्दा सरकारी निर्णय देखावटी जस्तो मात्रै भएको छ । विकसित देशहरूमा प्रधानमन्त्री, स्वास्थ्यमन्त्री आदिले सरकारी निर्णय पालना नगर्दा कारबाही भोग्नुपरेका समाचार आएका छन् । तर, नेपालमा त्यसो नहुँदा नै निषेधाज्ञा प्रभावकारी रूपमा कार्यान्वयन भएको छैन भने स्वास्थ्य मापदण्डको पालनामा पनि हेलचेक्र्याइँ भइरहेको छ । यसलै कुनै पनि बेला कोरोना महामारीको तेस्रो लहर आउन सक्ने संकेत देखाएको छ । भारतलगायत देशले तेस्रो लहरका लागि तयारी थालिसकेका छन् । तर, नेपालमा त्यसका लागि तयारी देखिएको छैन । निषेधाज्ञाको अवधि थप्दै गर्दा यसपछि के गर्न भन्ने योजना सरकारसँग भएको देखिँदैन । सीडीओ कार्यालयले जारी गरेको प्रशासनिक आदेशमा यस्तो कुरा नपर्नु स्वाभाविकै होला । तर पनि यसबारे जनताले त थाहा पाउनुपर्‍यो । स्वास्थ्य वा गृह मन्त्रालयले यस्तो थाहा दिने व्यवस्था गर्न आवश्यक छ । त्यसो हुँदा जनताले पनि तेस्रो लहर आए के हुन सक्छ भनी त्यसअनुसार आआफ्नो तहबाट तयारी गर्न पाउ“छन् । खासगरी व्यवसायीहरूले व्यवसायको योजना बनाउन सक्छन् । गतवर्ष कोरोना रोग बिलकुल नयाँ भएकाले के गर्ने भन्नेमा सरकार अन्योलमा थियो । अहिले यसबारे धेरै कुरा थाहा भइसकेको छ । यस्तोमा निकै बढी योजनाबद्ध ढंगले काम हुनुपर्ने हो । दोस्रो लहरभन्दा तेस्रो लहरले बढी प्रभावित पार्ने आकलन विज्ञहरूको छ । पहिलो लहरबाट पाठ नसिक्दा दोस्रो लहरमा धेरै नागरिकले अनाहकमा ज्यान गुमाउनुपर्‍यो । दोस्रो लहरमा नेपालको स्वास्थ्य प्रणालीले काम नगर्दा बाह््य सहयोग पनि निकै आयो । तर, त्यही सहयोगको परिचालन पनि राम्ररी हुन सकेको छैन । कोरोना महामारी कम गर्न अहिलेसम्म खोप नै सबैभन्दा प्रभावकारी माध्यम हो भन्ने देखिएको छ । तर, सरकारले खोपको आश्वासन बाँड्नेबाहेक केही गर्न सकेको छैन । ५ महीनामा सबै नागरिकलाई खोप लगाइनेछ भनिएकोमा हालसम्म करीब २ दशमलव ५ प्रतिशत नागरिकले मात्रै खोप पाएका छन् । अहिले खोप आउने सम्भावना हराउँदै गएको भान हुन्छ । यस्तोमा धेरैभन्दा धेरै परीक्षण गरेर नागरिकलाई निश्चित पार्न सकेमात्रै पनि यसको लहर कम गर्न मद्दत मिल्नेछ । महामारीको अवधि बढ्दै जाँदा अर्थतन्त्र उठ्नै नसक्ने गरी बिग्रियो भने त्यसले निम्त्याउने परिणाम निकै भयावह हुन सक्छ भन्नेमा सरकारको ध्यान जानु जरुरी छ ।

उपत्यकामा निषेधाज्ञा खुकुलो बन्दै

काठमाडौं उपत्यकामा तयारी पोसाकजन्य व्यापार/व्यवसायलगायत आर्थिक क्षेत्रलाई सर्तसहित सञ्चालन गर्न दिएर निषेधाज्ञा बढाइने तयारी थालिएको छ । गृह मन्त्रालय र सीसीएमसीसँगको परामर्शपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासनले फेन्सी, सपिङ सेन्टर, स्टेसनरी, भाँडा पसललगायतलाई समय तोकी सञ्चालन गर्न दिएर गत वैशाख १६ देखि लगाइएको निषेधाज्ञालाई निरन्तरता दिने भएका हुन् ।

उपत्यकामा निषेधाज्ञा खुकुलो बन्दै

काठमाडौं उपत्यकामा तयारी पोसाकजन्य व्यापार/व्यवसायलगायत आर्थिक क्षेत्रलाई सर्तसहित सञ्चालन गर्न दिएर निषेधाज्ञा बढाइने तयारी थालिएको छ । गृह मन्त्रालय र सीसीएमसीसँगको परामर्शपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासनले फेन्सी, सपिङ सेन्टर, स्टेसनरी, भाँडा पसललगायतलाई समय तोकी सञ्चालन गर्न दिएर गत वैशाख १६ देखि लगाइएको निषेधाज्ञालाई निरन्तरता दिने भएका हुन् ।

एनएसएल रोकिँदैन : खेलकुदमन्त्री

काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाइजी फुटबल नेपाल सुपर लिग (एनएसएल) नरोकिने भएको छ । कोरोना महामारीका कारण बिहीबारदेखि एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा भए पनि लिगका बाँकी खेलहरुले निरन्तरता पाउने खेलकुदमन्त्री दावा तामाङले जानकारी दिए । उनले स्वास्थ्य मापदण्ड अपनाएर प्रतियोगिता गराइने बताए । “प्रतियोगिता रोकिँदैन...