प्रचण्ड-नेपाललाई बाबुरामको सुझाव– ओलीसँग मिल्न सकिन्छ भनेर रुञ्चेपिञ्चे कुरा नगर्नुस् !

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले रुञ्चेपिञ्चे कुरा नगर्न नेकपाको प्रचण्ड-माधव नेपाल पक्षलाई सुझाव दिएका छन् । नेकपा–प्रचण्ड नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रवार राष्ट्रिय सभा बैठकमा गरेको सम्बोधनलाई लक्षित गर्दै बाबुरामले केपी शर्मा ओलीले आत्मालोचना गरे फेरि भातभान्छा एउटै हुनसक्छ है भनेर रुञ्चे अभिव्यक्ति नदिन सुझाव दिएका हुन् । 'ओलीले गल्ती स्वीकार गरेमा,आत्मालोचना गरेमा,कान समातेमा ..पार्टी एकता हुनसक्छ, सँगै भातभान्सा हुन...