मोरङ एमालेमा पुरानै नेतृत्वले निरन्तरता पाउने

नेकपा एमाले मोरङको जिल्ला अधिवेशनबाट पुरानै नेतृत्वले निरन्तरता पाउने भएको छ । अध्यक्ष लगायत पदाधिकारीमा उपसचिव बाहेकका अन्य सबै पुरानै अनुहार समेटिएका छन् । जसमा उपसचिवमा केराबारी गाउँपालिका उपाध्यक्ष शान्ति भुजेललाई ल्याउने तयारी भएको एक नेताले बताए । भुजेल एमाले फुट्दा १० बुँदे सहमतिमार्फत सोही पार्टीमा बसेकी थिइन् । यसबाहेक अधिवेशन आयोजक समितिको अध्यक्षसहितका पदाधिकारीलाई नै निरन्तरता दिने गरी छलफल भइरहेको ती नेताले बताए ।‘अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्