महिलामात्रले रातो मच्छिन्द्रनाथको रथ तान्दाका १२ फोटो :: Pahilopost.com

वर्षा र सहकालको देवता मानिने रातो मच्छिन्द्रनाथ (बुंगद्य) को जात्रा अन्तर्गत शनिबार बिहान सबेरै महिलाहरुले लगनखेलबाट रथ ताने। यसलाई स्थानीय भाषामा 'याकः मिसाया भुज्या' भन्ने गरिन्छ। नरिवल खसाउने जात्राको भोलिपल्ट महिलाहरुले रथ तान्ने गर्छन्। रथ तान्न ठूलो संख्यामा सबै उमेर समूहका महिला उपस्थित थिए।    वैशाख शुक्ल प्रतिपदाको साइतमा वैशाख ४

सम्बन्धित सामग्री

तयार हुँदै रातो मच्छिन्द्रनाथको रथ, चिटिक्क पारिँदै मूर्ति [फोटो फिचर]

काठमाडौं । ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथ (Rato Machindranath) को मूल रथ बनाउने काम धमाधम भइरहेको छ । यही वैशाख ८ गतेबाट शुरु हुने रातो मच्छिन्द्रनाथको जात्रा (festival)को समय नजिकिएसँगै रथ निर्माणले तीव्रता पाउन थालेको हो । हरेक वर्ष वैशाख शुक्ल प्रतिपदामा शुरु भई असार शुक्ल चौथीसम्म गरी करिब २ महिना चल्ने यो जात्रा उपत्यकाकै सबैभन्दा लामो जात्रा हो । मच्छिन्द्रनाथको रथ स्थानीय बाराही जातिले निर्माण गर्नुपर्ने धार्मिक मान्यता छ । मछिन्द्रनाथको रथयात्राको लागि ३२ फिट अग्लो पाँच तले रथ निर्माण हुन्छ ।  जात्राको सांस्कृतिक एवं धार्मिक महत्त्व छ । हिन्दू धर्मावलम्बीहरूले मच्छिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीले ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् ।  जात्रा कहिले शुरु भयो भन्नेबारे यकिन गर्ने मिति नभए पनि यसलाई १६ सय वर्ष पुरानो संस्कृतिको रूपमा हेर्ने गरिन्छ ।  जात्रालाई नेवार (Newar) समुदायका मानिसले उत्सवका रूपमा मनाउने गरे पनि पछिल्लो समय विभिन्न जाति तथा सम्प्रदायका मानिसले पनि उत्सवका रुपमा मनाउन थालेका छन् ।  चिटिक्क पारिँदै मूर्ति जात्राका अवसरमा ललितपुरको मच्छिन्द्रबहालस्थित रातो मच्छिन्द्रनाथको मन्दिरमा रहेको रातो मच्छिन्द्रनाथको मूर्तिमा रङ लगाएर चिटिक्क पारिँदै छ ।  रातो मच्छिन्द्रनाथको रथयात्रापूर्व मूर्तिलाई लगनखेलमा राखी विधिवत् रूपमा नुहाइदिने गरिन्छ । त्यसपछि मन्दिरका पुजारीहरूले चोखो गरी मूर्तिमा रङ लगाउने गर्छन् । वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरेर  शुुरु गरिने जात्राको अन्त्य असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर गरिन्छ । यो बर्ष वैशाख ८ गते मच्छिन्द्रनाथको रथारोहण पछि वर्षकै लामो रथयात्रा सोमवार बैशाख ११ गते पुल्चोकबाट सुरु हुनेछ ।