सरकारी आश्वासन कार्यान्वयनको प्रगति सन्तोषजनक भएन : सांसद शर्मा

काठमाडौँ : प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति एवं राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले सरकारी आश्वासन सम्बन्धमा आश्वासन कार्यान्वयनको प्रगति सन्तोषजनक हुन नसकेको बताएका छन्।आइतवारको राष्ट्रियसभा बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन, २०७९।०८० सभासमक्ष पेश गर्दै उनले यस्तो बताएका हुन्। उनले एउटै प्रकृतिका कार्यक्रम निरन्तर दुई, तीन आर्थिक वर्षको बजेट वक्तव्यमा समावेश हुने समस्या देखिएको पनि बताए।उनले कतिपय कार्यक्रम बजेट वक्तव्यमा समावेश