दाङ २ मा पोखरेल र शर्माबीच कडा टक्कर

दाङको क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माबीच मंसिर ४ को चुनावमा मुख्य प्रतिस्पर्धा हुने भएको छ । पोखरेल लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री हुनुहुन्छ भने शर्मा पूर्व सामान्य प्रशासनमन्त्री हुनुहुन्छ । यो क्षेत्रमा पोखरेल र शर्माबीच प्रतिस्पर्धा  हुँदैछ । दाङको तुलसीपुर उपमहानगरपालिका बिजौरीमा घर भएका पोखरेल यसअघिको चुनावमा वाम गठबन्धनका उम्मेदवार कृष्णबहादुर महरालाई प्रतिनिधि सभा छोडेर प्रदेश सभामा दाङ–२ (क) बाट चुनाव लडेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुनु भएक...