काठमाण्डाै उपत्यकाभित्रका सफा खानेपानीका मुहान ! (फाेटाेफिचर)

काठमाण्डाै - काठमाण्डाै उपत्यकामा मुहान वरपर फाेहर हुँदा सफा खानेपानी पाउनै मुस्किल छ । अझै काँठ क्षेत्रभित्रका बाक्ला बस्तीमा सफा पानीकाे मुहान देख्नै गाह्राे छ । तर, काठमाण्डाैको सहरी बस्तीबाट केही टाढा भने सफा खानेपानीका मुहान देख्न सकिन्छ ।  सुन्दरीजलमा रहेकाे बाग्मती नदीको मुहान, भक्तपुरको मुहान पोखरी, ललितपुरको कर्मनासा झरनाको मुहान, काठमाण्डाै बैडेश्वर झरनाको मुहान, ललितपुर बाँडेगाउँको झरनाको मुहान, काठमाण्डाै टोखामा रहेकाे झरनाको मुहान र भक्तपुरको खरिपाटी...

सम्बन्धित सामग्री

कोइलावासमा खानेपानीको समस्या, भारतको भर पर्नुपर्ने बाध्यता

लामो समयसम्म भएको खडेरीका कारण नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत दाङको कोइलावास क्षेत्रमा खानेपानीको सङ्कट परेको छ । कोइलावासमा खानेपानीका लागि खनिएको डिप बोरिङसँगै खोलामा भएका जरुवासमेत सुकेपछि स्थानीयलाई खानेपानीको सङ्कट परेको हो । बस्तीमा भएका खानेपानीका मुहान सुकेपछि स्थानीयलाई पानीकै लागि भारतीय व्यापारीको भर पर्नुपर्ने अवस्था रहेको छ । स्थानीय ध्रुवरत्न तुलाधर सीमा क्षेत्रका स्थानीयलाई खनेपानीका लागि भारतको भर पर्नुपर्ने बाध्यता भएको बताउनुहुन्छ । सुक्खा समय सुरु भएसँगै कोइलावासमा पानीका मुहान सुक्दा प्रत्येक वर्ष स्थानीयले खानेपानीको समस्या झेल्नुपर्ने बाध्यता भएको तुलाधर बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सुक्खा समय सुरु भएसँगै गएको माघ महिनादेखि कोइलावासमा रहेको डिप बोरिङ बन्द छ । डिप बोरिङ नचल्दा भारतीय व्यवसायीको भर पर्नुपर्ने बाध्यता छ ।

पानीका मुहान सुक्न थालेपछि संरक्षण गरिँदै - Nepal Japan

पछिल्लो समय बागलुङमा मुहान तथा कुवा सुक्न थालेका छन् । विभिन्न कारणले गर्दा खानेपानीका मुहान सुक्दै

पानीका मुहान सुक्न थालेपछि संरक्षण गरिँदै

पानीका मुहान सुक्न थालेपछि संरक्षण पछिल्लो समय बागलुङमा मुहान तथा कुवा सुक्न थालेका छन् । विभिन्न कारणले गर्दा खानेपानीका मुहान सुक्दै गई खानेपानीको अभाव हुन थालेपछि मुहान संरक्षण गर्न अभियानका रूपमा लिइएको छ ।

पानीका मुहान सुक्न थालेपछि संरक्षण गरिँदै

गलकोट । पछिल्लो समय बागलुङमा मुहान तथा कुवा सुक्न थालेका छन् । विभिन्न कारणले गर्दा खानेपानीका मुहान सुक्दै गई खानेपानीको अभाव हुन थालेपछि मुहान संरक्षण गर्न अभियानका रुपमा लिइएको छ । कतै मुहान संरक्षण थालिएको छ भने कतै मूल फुटाउन पोखरी संरक्षण गर्न थालिएको हो । पछिल्लो समय सडक निर्माण, जलवायु परिर्वतन तथा भूकम्पका कारण […]

वर्षाले महोत्तरीका किसानलाई राहत

महोत्तरी- लामो समयसम्म वर्षा नभएर पानीका मुहान सुक्दै गएपछि चिन्तित बनेका महोत्तरीका स्थानीय आइतबार रातिको वर्षाले राहत महसुस भएको बताउँछन् । वर्षा नहुँदा खानेपानीका मुहान सुक्नुका साथै खेतीपातीका लागि सिँचाइको अभाव व्यहोर्दै आएका स्थानीयलाई गएरातिको वर्षाले मुहान रसाउने आशा जगाएको छ । पछिल्लो पटकको वर्षाले पानी नभएर पहेंँलिँदै गएका धानको रोपो, फलफूलका बोटबिरुवा, तरकारी, उखु, […]

वनजंगल मासिँदा पानीका मुहान सुक्दै

२१ माघ, खलङ्गा । दार्चुलाको अधिकांश ग्रामीण क्षेत्रमा खानेपानीको अभाव हुन थालेको छ । कुनै समय जिल्लाका ग्रामीण क्षेत्रमा पर्याप्त खानेपानीका मुहान थिए । खेतबारीमा सिँचाइ गर्नसमेत समस्या हुँदैनथ्यो । तर अहिले अधिकांश गाउँमा खानेपानीको समस्या हुन थालेको छ । स्थानीय तहले अव्यवस्थितरुपमा जताततै सडक निर्माण गर्दा वनजङ्गल मासिएसँगै खानेपानीको अभाव हुन थालेको हो । […]

लेगुवामा खानेपानीको चरम अभाव

वैशाख २१, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवा बजारकी शारदा देवि पौडेल बिहान उठ्ने बित्तिकै डोकोमा गाग्री बोकेर अरुण नदिको पुल तरेर खानेपानी लिन घण्टौं लगाएर जान्छिन्, बेलुका पनि उनको पहिलो काम पानी लिन डोकोमा गाग्री बोकेर जाने नै हो । पौडेल त एक उदाहरण मात्रै हुन् लेगुवाका बासिन्दा वर्षौदेखि खानेपानीको चरम समस्या भोग्दै आएका छन् ।  पानीको ठूलो मुहान नहुँदा यहाँका १०० भन्दा बढी घरधुरीलाई बाह्रै महीना खानेपानीको जोहो गर्न घण्टौं लाग्ने गरेको छ । अचम्मको कुरा त के भने लेगुवा बजारको डिलैमा अरुण नदि बगिरहेको छ । तर, त्यति नजिक अरुण नदि बगिरहेपनि लेगुवा बजारमा खानेपानीको चरम अभाव छ । लेगुवा बजारका स्थानीय लामो समयदेखि अरुण नदीका पुल पार गरेर पुगिने छिमेकी जिल्ला भोजपुरको फेरी बजार पुगेर खानेपानी ल्याउने गरेका छन् ।  केही समय पहिले प्रयोगमा आएका पानीका मुहान पनि सुक्दै गएको र नदिको पुल पार गरेर खानेपानी लिन आएको पौडेलले बताइन् । खानेपानीका मुहान सुकेपछि लेगुवाका बासिन्दाले घण्टौं लगाएर अरुण नदिको पुल तरेर जानुपर्ने बाध्यता रहेको छ । त्यहाँ पनि डिपबोरिङ गरेर निकालिएको खानेपानी रहेको छ । हुन त पहाडमा डिपबोरिङ कति दिनलाई हो भन्ने भर नै हुँदैन । तरपनि लेगुवाबासीले डिपरिङकै भर पर्नुपरेको छ, त्यो पनि घण्टौ टाढा । पानी लिन जाँदा दिउँसोको समयमा खाली भएपनि बिहान र बेलुकाको समयमा घण्टौं लाइनमा बस्नुपर्छ ।  वर्खाको समयमा केही मात्रामा सहज भएपनि हिउँदमा झनै दुःख बेहोर्नुपरेको स्थानीय लिलाकुमारी श्रेष्ठले बताइन् । उनले भोजपुरबाट खानेपानी बोकेर खान थालेको करीब १० बर्ष जति भएपनि कसैले दुःख नदेखेको बताइन् । केही समय अघिसम्म सञ्चालनमा रहेको खानेपानी योजनाबाट आएको पानीले गाउँ नै रोगको शिकार भएपछि खानेपानी बोकेर नै खानुपर्ने बाध्यता रहेको श्रेष्ठको भनाइ छ । अरुबेला भन्दा कोरोना महामारीका बेला खानेपानीको समस्याको विषयमा लेगुवाबासी झन चिन्तित बनेका छन् । पानी खोज्न जाँदा कोरोना सर्ने हो कि? भन्ने पिरलो छ पनि थपिएको छ यहाँका स्थानीयलाई । बजारबासी अहिले घण्टौ लगाएर पानी बोकेर खान बाध्य भएका छन् ।  यहाँ प्रत्येक दिन बिहान सबेरैदेखि राति अबेरसम्म पानी भर्नेको लाइन लाग्छ । खानेपानीका कारणले लेगुवामा कोरोना महामारी बढ्न सक्ने खतरा रहेको स्थानीय सुवन श्रेष्ठले बताए । जनप्रतिनिधी आएपछि समस्याको समाधान होला भन्ने आश गरेको भएपनि हालसम्म पटक पटक कुरा राख्दा पनि कुनै सुनुवाइ नभएको लेगुवा बासीको गुनासो छ । लेगुवा बजारमा खानेपानी योजना सञ्चालन भएपनि सरकारी निकायले नियमित अनुगमन र स्थानीयले रेखदेख नगर्दा समस्या भएको स्थानीय नारायण प्रसाद धमलाले बताए । उनले महालक्ष्मी नगरपालिकाले ८ लाखसम्मका खानेपानी योजना सञ्चालन गरेको भएपनि योजना सञ्चालनका लागि प्रयोग गरिएको सामान गुणस्तरहिन भएर काम नलागेको बताए ।  ‘खानेपानीको नाला र कल खरीद गरेर नगरपालिकाले ल्यायो तर कल बनाउँदा बनाउँदै नाला चेप्टिएर कामै नलाग्ने भयो ।’ धमलाले भने, ‘नगरपालिकाले योजनाका लागि पैसा दियो, काम थोपो भएर तर पनि अनुगमन गरेन ।’ धमलाले गुनासो गर्दै थपे ‘हामी लेगुवाबासी भोजपुर पानी लिन जान बाध्य छौँ, नगरपालिकामा योजना माग गर्न जाँदा पहिले योजना दिइसकेको छ अब हुँदैन अरुणमा गएर पानी ल्याएर खानु भनेर फर्काउने गरेको छ ।’ लेगुवाबासी पानी नपाएर बसाइँ सर्ने अवस्थामा पुगेको बताउँछन् । छिमेकी जिल्ला भोजपुरले ३ किलोमिटर माथिसम्म अरुण नदीबाट पानी पम्पिङ गरेर लगेको हुनाले लेगुवामा करीब ५०० मिटर मात्रै उचाइ रहेकाले अरुण नदीबाट खानेपानी पम्पिङ गरिनु पर्ने स्थानीयको माग छ । यता महालक्ष्मी नगरपालिकाले भने नगरपालिकाको वडा न. ५ र ६ मा रहेको खानेपानी समस्या समाधान र व्यवस्थापनको लागि मुहान तथा पाइप लाइनको अनुगमन गरेको जानकारी दिएको छ । नगरपालिकाले यसै आर्थिक वर्षमा नयाँ पाइप लाइन थप तथा क्षमता विस्तारको कामका लागि जिल्ला खानेपानी कार्यलयसँग सहकार्य गरि अघि नगर प्रमुख पर्शुराम नेपालले बताए ।  उनले लेगुवा बजारमा खानेपानीको समस्या रहेको भएपनि समाधानका लागि नगरपालिका लागिरहेको प्रमुख नेपालले बताए । ‘गत साल ७ ओटा कल हालेको स्थानीयले सञ्चालनमा ल्याएनन् ।’, नगर प्रमुख नेपालले भने ‘अहिले पाइप लाइन विस्तार तथा लिफ्टिङको प्रक्रियामा छ ।’  नगर प्रमुख नेपालका अनुसार नयाँ पाइप लाइनेको यसै आर्थिक वर्षमा सम्पन्न हुने गरि इस्टमेट पनि भएको छ । ‘लेगुवाको खानेपानीको समस्या अहिलेको मात्रै नभएर धेरै पहिलेको समस्या हो ।’, नगर प्रमुख नेपालले थपे, ‘लेगुवाबासीले पटकपटक उपभोक्ता समिति बनाउने र नगरपालिकाले योजना हाल्दा उपभोक्ता समितिले कामै नगर्ने गरेका छन् ।’ हुन त लेगुवा अरुण नदीको किनारमा भएपनि नेपाल सरकारले सुख्खाग्रस्त क्षेत्रमा सूचीकृत गरेको छ । यसकारण पनि लेगुवामा खानेपानीको समस्या छ भनेर संघीय सरकारको खानेपानी विभागले थाहा पाउँदा पनि कुनै योजना अगाडि बढाएको छैन ।

डडेल्धुरामा खानेपानीको हाहाकार

लामो समयदेखि पानी नपर्दा परेको खडेरीका कारण गर्मी बढेसँगै खानेपानीका मुहान सुक्न थालेका छन्। पानीका मुहान सुक्न थालेपछि चुरे क्षेत्रका साथै डडेल्धुरा सदरमुकाम र दर्जनौं पहाडी गाउँका बस्तीमा खानेपानीको हाहाकार भएको छ। सदरमुकाममा नै पानीको हाहाकार भएपछि अमरगढी नगरपालिकाले प्रत्येक व्यक्तिलाई ५० लिटरका दरले दमकलमा खोलाको पानी ल्याई वितरण गरिरहेको छ।