तिहारमा पाँच लाखको फूल बिक्री

मस्र्याङ्दी गाउँपालिका–९, सिम्पानीस्थित भलामचौर मिच नमूना कृषि परियोजनाले तिहारका बेला मात्रै पाँच लाख रुपैयाँ भन्द बढीको फूल बिक्री गरेको छ । भलामचौर मिर्चे नमूना कृषि पर्यटनसँगै व्यावसायिक फूल खेती सुुरु भएको पहिलो वर्षमै पाँच लाख भन्दाबढीको सयपत्री फूल बिक्री भएको हो ।परियोजना सञ्चालन गरेको सिते बा ग्रुपअन्तर्गत एसजी हसस्पटालिटी नामक कम्पनीले यहि वर्षदेखि फूलको व्यावसायिक […]

सम्बन्धित सामग्री

तिहारमा पनि बिकेन सयपत्री

विद्यालयको आन्तरिक आम्दानी बढाउन सयपत्री फूलको व्यवसाय सुरु गरेको गैँडाकोटस्थित जनक माध्यमिक विद्यालयले यस वर्ष फूल बिक्री हुन नसक्दा आम्दानी नभएको बताएको छ । नेपालीको दोस्रो ठुलो चाड तिहारमा प्रयोग हुने सयपत्री फूलको उत्पादनमा पूर्वी नवलपरासी पूर्ण रूपमा आत्मनिर्भर बने पनि यो तिहारमा बिक्री हुन नसक्दा विद्यालयको आम्दानी घट्ने भएको छ । यस वर्ष जताततै फूल फुलेका कारण धेरै बिक्री गर्न नसकिएको जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणि शर्माले बताउनुभयो। माविले दुई लाखको सयपत्री फूल बिक्री गर्ने योजनाका साथ फूल रोपेको भए पनि ६० हजारको मात्र बिक्री भएको छ ।

कालीगण्डकी गाउँपालिकाले बेच्यो ५ लाखको फूल

१९ कत्तिक, स्याङ्जा । कालीगण्डकी गाउँपालिकाले यो वर्षको तिहारमा पाँच लाख रुपैयाँको फूल बिक्री गरेको छ । फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने योजनाअनुसार १९ रोपनी जमिनमा लगाएको सयपत्री फूल बिक्री गरेर गाउँपालिकाले पाँच लाख आम्दानी गरेको हो । गाउँपालिकाले वडा नं ७ को बारीचौरमा पाँच र वडा नं ४ बिर्घा पुछारमा १४ रोपनी गरी कुल […]