कर्मकाण्डी घोषणापत्र : कार्यान्वयनमा बेवास्ता, भुलभुलैयामा राख्ने ‘कागजी खोस्टो’

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिँदै जाँदा सत्ता र प्रतिपक्षी दलहरूले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। सत्तारूढ दल नेपाली कांग्रेसले गत शनिबार, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)ले कात्तिक १४ गते घोषणापत्र सार्वजनिक गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीले कात्तिक १४ र नेकपा (एमाले)ले कात्तिक १५ गते घोषणापत्र सार्वजनिक गरेका छन्।दलहरूले नयाँ विषय समेटेको दाबी गरे पनि पुरानै विषय जोडजाड गरी घोषणापत्र सार्वजनिक गरेका छन्। पाँच वर्षअगाडि ल्याएका घोषण