ट्र्याक्टर घरमाथि खस्दा बाग्लुङमा एक जनाकाे ज्यान गयाे

बाग्लुङ – बाग्लुङमा ट्र्याक्टरले किच्दा एक युवकको ज्यान गएकाे छ । गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्र्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको ज्यान गएको हो । बडीगाड गाउँपालिका–२ खर्बाङ बजारबाट गलकोट नगरपालिका–३ हटियाबजार आउँदै गरेको ध १ त ६०९ नम्बरको ट्र्याक्टर मध्यपहाडी लोकमार्गबाट खस्दा च्यापिएर सलामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो । ट्र्याक्टर लोकमार्गदेखि १५ मिटर तल होमबहादुर सिंजालीको घरमाथि खस...