महान्यायाधिवक्ता बडालले दिए राजीनामा

२९ असार, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् । सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री परिवर्तन हुने भएपछि महान्यायाधिवक्ता बडालले राजीनामा दिएका हुन् । बडालले आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा पत्र बुझाएका हुन् । महान्यायाधिवक्ता कार्यालयमा मंगलबार दिउँसो एक बजे उनको विदाइ कार्यक्रम राखिएको छ । ‘प्रधानमन्त्रीमार्फत राष्ट्रपतिलाई राजनीनामा बुझाएँ । […]