उपसभामुखको चुनाव पर्सि ३१ गते

काठमाण्डाै – प्रतिनिधि सभामा उपसभामुखको चुनाव पर्सि ३१ गते शुक्रवार हुने भएको छ । प्रतिनिधि सभा बैठकमा सभामुख  अग्निप्रसाद सापकोटाले उपसभामुखका लागि हुने चुनावको मिति तोक्नु भएको हो ।  २०७६ माघदेखि रिक्त रहेको उपसभामुखको पद पूर्ति हुन सकेको छैन । नेकपा एमालेबाट उपसभामुख बन्नुभएकी शिवमाया तुम्बाहाङ्फेले २०७६ माघमा राजीनामा दिएपछि उपसभामुख पद रिक्त रहेको छ । सरकारले उपसभामुखको चुनाव गर्नुको साटो संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याएको भन्दै सत्तारूढ दलहरूबाटै विरोध भएको थियो । सांसदहरूले ...