बिएस–६ मोडलको होन्डा ग्राजिया बजारमा

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी लिमिटेडले होन्डा ग्राजियाको बिएसभिर्आ मोडेल बजारमा ल्याएको छ । कम्पनीले साबिकको ग्राजियामा विभिन्न फिचर थप गरेर नयाँ मोडेल ल्याएको हो । यो...

सम्बन्धित सामग्री

होन्डाले देखायो नयाँ इलेक्ट्रीक स्कुटर

काठमाडौं । जापानी दुईपाँग्रे सवारी निर्माता होन्डाले नयाँ इलेक्ट्रीक स्कुटरको कन्सेप्ट मोडल सार्वजनिक गरेको छ । कम्पनीले जापानमा जारी जापान मोबिलिटी शोमा एससी-ईको कन्सेप्ट मोडल प्रदर्शन गरेको हो । कम्पनीले प्रदर्शन गरेको कन्सेप्ट स्कुटर हाल यूरोपेली बजारमा बिक्री भइरहेको होन्डा ईएम-१ ई जस्तै देखिन्छ । हाल सार्वजनिक कन्सेप्ट मोडलको तुलनामा ईएम १ई सानो साइजको स्कुटर […]

धमाधम मूल्य बढाउँदै भारतीय अटो निर्माता, नेपाली बजारमा कस्तो असर पर्ला ?

काठमाडौं । भारतीय अटो निर्माता कम्पनी मारुती सुजुकी इन्डियाले आफ्ना कयौं सवारी मोडलको मूल्य बढाउने भएको छ । समग्रमा महँगीमा भएको वृद्धिको आंशिक भर्पाइ गर्न अनि नियामक मापदन्ड पूरा गर्न सो कदम चाल्न लागिएको बिहीवार कम्पनीले भनेको छ । मूल्य वृद्धि आगामी महीनादेखि लागू हुने भनिए पनि वृद्धि कुन स्तरको हुने भन्ने चाहिँ बताइएको छैन । समग्र महँगीमा भएको वृद्धि अनि नियामक आवश्यकताका कारण कम्पनीको लागत दबाब बढेको एउटा नियामक फाइलिङमा मारुती सुजुकी इन्डियाले भनेको छ । आफूले सकेसम्म बढेको लागत आफैंले सोस्ने प्रयास गरेको भएपनि केही लागत भने उपभोक्ताको काँधमा सार्न बाध्य बनेको समेत उक्त फाइलिङमा कम्पनीले बताएको छ । कम्पनीले अप्रिलदेखि अधिकांश मोडलहरुमा मूल्य बढाउने भनेपनि वृद्धिको आकार भने मोडलै पिच्छे फरक पर्ने बताइएको छ । भारतमा यस अघि नै होन्डा कार्स, टाटा मोटर्स, हिरो मोटो कर्पलगायत कयौं अटो निर्माताहरुले अप्रिलदेखि लागू हुने गरी मूल्य वृद्धिको घोषणा गरिसकेका छन् । अहिले भारतीय अटो उद्योग दोस्रो चरणको बीएसभीआई उत्सर्जन मापदन्ड पूरा हुने गरी सवारी साधन बनाउने तर्फ लागि परेका छन् । अप्रिल १ देखि आउने सवारी साधनमा रियल-टाइम ड्राइभिङ उत्सर्जन स्तरको निगरानी गर्न सक्ने प्रविधिको जडान अनिवार्य गर्न भनिएको छ । यसका कारण पनि कम्पनीहरुको उत्पादन लागत बढेको छ । नेपालमा आयात हुने गाडीको ९० प्रतिशत हिस्सा भारतीय बजारमा निर्भर छ । विगत करीब १  वर्षदेखि नेपालको अटो बजार करीब ध्वस्तै भएको अवस्थामा छ । यसैमा भारतीय अटो निर्माताले मूल्य बढाएको खण्डमा नेपालमा पनि गाडीको मूल्य थप बढ्ने छ । आर्थिक मन्दीको सामना गरिरहेको बेला गाडी खरीदका लागि महँगो मूल्य हाल्न नेपाली उपभोक्ता तयार हुने देखिदैँन । यस्तो अवस्थामा नेपालको अटो बजारको कमब्याक हुन केही समय लाग्न सक्ने अटो ब्यवसायीहरूले बताएका छन् ।  एजेन्सी

महंगो भयो होन्डा साइन, बढ्यो अन्य मोडलको मूल्य (सूचीसहित)

काठमाडौं । नेपाली बजारमा सर्वाधिक विक्री हुने १२५ सीसी मोटरसाइकल साइनको मूल्य २ लाख ८३ हजार ९०० रुपैयाँ पुगेको छ । कम्पनीले पछिल्लो पटक सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार यसको होन्डा साइनको टप भेरियन्ट साइन एसपी डीएसएसको मूल्य ३ लाख ८३ हजार ९०० रुपैयाँ पुगेको हो । कम्पनीले होन्डा साइनको ४ भेरियन्ट नेपाली बजारमा […]

एलसी खोल्न रोकिएसँगै नेपाल आउन लागेका ४ मोडल समस्यामा

काठमाडौं । बजारमा आउन तयार भएर पनि तरलता अभाव र बैंकले प्रतितपत्र (एलसी) खोल्न बन्द गरेको कारण धेरै नयाँ मोटरसाइकलको विक्री सुरु हुने मिति अनिश्चित भएको छ । विषेशत यामाहा, होन्डा, बजाज र टीभीएसले ल्याउन लागेका नयाँ मोडलको विक्री अहिले तत्काल नहुने भएको छ । यी ब्राण्डले नेपाल ल्याउन प्रक्रिया सुरु गरेको भएपनि अहिलेको असहज […]

स्याकार ट्रेडिङ कम्पनीद्वारा होन्डा ग्राजियाको बीएसभीआई मोडल सार्वजनिक

काठमाडौँ– नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी लिमिटेडले आइतबार नेपाली बजारमा होन्डा ग्राजियाको बीएसभीआई मोडल सार्वजनिक गरेको छ। आकर्षक र स्टाइलिस लुक रहेको यस १२५ सिसि नयाँ बीएसभीआइ मोडलमा व्यावहारिक फिचर थप गरी पूर्ण रूपमा रि–डिफाइन गरिएको छ। नेपाली बजारमा ग्राजिया बीएसभीआइ डिआरएस मोडलको मूल्य दुई लाख ६९ हजार नौ […]