गण्डकीमा किचलो सुरु : दुई वटा मन्त्रालय नपाए सरकारमा नजाने जसपाको घुर्की

गोरखा : कांग्रेस नेतृत्वमा बन्ने गण्डकी प्रदेशको नयाँ सरकारमा गठबन्धनका दलहरूमा मन्त्रालय बाँडफाँटमा विवाद उत्पन्न भएको छ।कुन दलबाट कति जना सांसदहरूलाई आज सपथ खुवाउने भन्ने टुंगो नलाग्दा दलहरूबीच विवाद सुरु भएको हो।गण्डकीमा गत जेठ ६ गते निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय बढाएर ११ वटा बनाएका थिए। त्यसअघि गण्डकीमा मुख्यमन्त्रीको मन्त्रालयसहित ७ वटा मन्त्रालय रहेको थियो।आज संविधानको धारा १६८ (५) अनुसार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन