प्रतिनिधिसभाको अर्को बैठक बिहीबार पनि बस्ने

प्रतिनिधिसभाको बैठक जेठ २६ गते बिहीबार पनि बस्ने भएको छ । बिहीबार ११ बजे बस्ने बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफल हुने जनाइएको छ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०७९ माथि मन्त्रालयगत विभिन्न शीर्षकहरूमा छलफल जारी छ । बिहीबारको कार्यसूचीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयका लागि छुट्टयाइएको बजेटमाथि छलफल हुने जनाइएको छ ।