काठमाडौंँ फर्कियो ‘तिमी कसको ?’ सुटिङ युनिट

फिल्म ‘तिमी कसको ?’ सुटिङ युनिट काठमाडौं फर्किएको छ । माघको दोस्रो सातादेखि फिल्म छायांकन गर्न तेह्रथुम पुगेको निर्माण युनिट ८० प्रतिशत काम सकाएर काठमाडौ फर्किएको हो । फिल्मको बाँकी छायांकन काठमाडौं हुनेछ ।फिल्मका निर्देशक तथा निर्माता जीवन श्रेष्ठ हुन् । दि पाल्म ग्रुप्स् फिलिम्स प्रालिको व्यानरमा हर्षिका इन्टरटेन्मेन्टको सहकार्यमा बनेको फिल्म तेह्रथुमको तिनजुरे, वसन्तपुर बजार, लालीगुराँस नगरपालिकाको चोलुङ काँडे, सुजेपु तिनछाँगे झरना लगायत बिभिन्न स्थानमा छायांकन भएको छ ।प्रदीप गिरी

सम्बन्धित सामग्री

‘२ नम्बरी’मा धीरज, अनमोल वा सौगातमध्ये कसको होला ‘इन्ट्री’ ?

२४ फागुन, काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेपछि अभिनेता पल शाह अहिले प्रहरी हिरासतमा छन् । यो मुद्दाका कारण उनले सुटिङ सुरु हुन लागेको फिल्म ‘२ नम्बरी’ गुमाएका छन् । चैत दोस्रो सातादेखि यो फिल्मको पुनः छायांकन सुरु गर्ने निर्माण पक्षको तयारी छ । तर पलको ठाउँमा कसलाई खेलाउने भन्ने बारेमा निर्माताले अहिलेसम्म निधो गर्न […]

सेलिब्रेटीका पनि सेलिब्रेटी

काठमाडौं : सिनेमाको पर्दा एवं टेलिभिजनमा देखिने कलाकारलाई धेरैले पछ्याउने गर्छन्। पर्दामा देखेर मन परेको कलाकारलाई एकपटक साँच्चिकै भेट्न पाए भन्ने चाहना धेरैको हुन्छ। जसलाई हामी फ्यान भन्ने गर्छाैं। अहिले त अझ कलाकारहरूमै पनि कसका फ्यान कति? कसको सुटिङ सेटमा बढी भीड? सार्वजनिक ठाउँमा जाँदा कसलाई धेरै मान्छेले घेरे? भनेर पनि चासोका साथ हेरिन्छ। अन्य क्षेत्रका मानिसलाई पनि पछ्याउनेहरू हुन्छन् तर फिल्म धेरै मानिससम्म पुग्ने भएकाले कलाकारका फ्यान धेरै हुने गर्छन्। पर्दामा देखेको कोही