जगदम्बा मोटर्सले ‘प्रोटोन साँगा’ को भर्चुअल लञ्च गर्दै

काठमाडौं । प्रोटोनको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले चर्चित मलेशियन ‘प्रोटोन साँगा’ पुस २९ गते भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ । प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक र युट्युब पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने जगदम्बा मोटर्सले जनाएको छ । उक्त कार्यक्रममा सहभागी बन्नका लागि प्रोटोन कार्स नेपालको फेसबुक पेजमा गइ त्यहाँ दिइएको द न्यू प्रोटोन साँगा भर्चुअल लञ्च इभेन्टमा क्लिक गरि गोइङ अथवा इन्ट्रेस्टेडमा क्लिक गर्नुपर्ने हुन्छ ।प्रोटोन अटोमोबाइल कम्पनी छोटो

सम्बन्धित सामग्री

प्रोटोन एक्स ७० भर्चुअलमार्फत सार्वजनिक गर्दै जगदम्बा मोटर्स

काठमाडौं (अस) । नेपालमा मलेसियन अटोमोबाइल कम्पनी प्रोटोन गाडीको अधिकृत बिक्रेता जगदम्बा मोटर्सले बहु–प्रतीक्षित मोडल प्रोटोन एक्स७० आउँदो असार १६ गते भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ । पहिला नै लञ्च तय भइसकेको यो गाडी कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण रोकिएको थियो । कम्पनीले विस्तार्रै परिस्थिति सहज भएसँगै यो गाडी नेपालमा लञ्च गर्न लागेको हो । भर्चुअल लञ्च कार्यक्रम असार १६ गते बेलुकी ४ बजेपछि प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जानकारी दिएको छ । उक्त कार्यक्रममा सहभागी बन्न प्रोटोन कार्स नेपालको फेसबुक पेजमा क्लिक गर्नुपर्नेछ । भर्चुअल लञ्च कार्यक्रममा सहभागिता जनाए कम्पनीले सहभागीलाई विभिन्न आकर्षक उपहारसमेत दिने भएको छ । प्रोटोन एक्स७० अत्याधुनिक फिचर्स तथा डिजाइनका कारण बढी मात्रामा रुचाइएको एसयूभी हो । यसको एक्स्टेरियरमा  स्यापेड, फ्रन्टबम्पर, फ्लोटिङ रुफ डिजाइन, बाघको आँखाजस्तै आकार भएको एलईडी हेडलेम्प, दिउँसै बल्ने एलईडी लाइट, पानी परेको थाहा पाउने वाइपर्सलगायतका विशेषता छन् । यसको इन्टेरियरमा छालाबाट बनेको सिट र स्टेरियरिङ ह्वील छ, जसमा रेडियो नियन्त्रण र ब्लुतुथ फोन नियन्त्रण प्रणाली समाहित छ । त्यस्तै, ८ इन्चको स्क्रिन, स्मार्ट मोबाइल फोन कनेक्टिभिटी प्रणाली, इन्टेलिजेन्ट हावा शुद्धीकरण प्रणालीलगायत सुविधा छन् ।

भर्चुअलमार्फत प्रोटोन एक्स७० सार्वजनिक गर्दै जगदम्बा मोटर्स

काठमाडौं (अस) । जगदम्बा मोटर्सले मलेसियन अटोमोबाइल गाडी प्रोटोन एक्स७० आउँदो वैशाख १५ गते भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ । भर्चुअल लञ्च कार्यक्रमपछि प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जानकारी गराएको छ । भर्चुअल लञ्च कार्यक्रममा सहभागिता जनाउनेलाई जगदम्बा मोटर्सले विभिन्न आकर्षक उपहार दिइने बताएको छ । प्रोटोन अटोमोबाइलले १९८५ मा प्रोटोन साँगाको रूपमा आफ्नो पहिलो कार  बजारमा ल्याएको थियो । प्रोटोनका गाडी  हाल संसारका ७० भन्दा धेरै मुलुकमा उपलब्ध रहेको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले जानकारी दिएको छ । जगदम्बा मोटर्सका अनुसार प्रोटोन एक्स७० अत्याधुनिक फिचर्स तथा डिजाइनका कारण एसयूभी रहेको छ । यसमा निहुरिएको आकारको फ्रन्ट बम्पर, फ्लोटिङ रुफ डिजाइन, एलईडी हेडलैम्प, पानी परेको थाहा पाउने वाइपर्सलगायत विशेषता छन् । गाडीमा स्टियरिङ ह्विल, ब्लुतुथ फोन नियन्त्रण प्रणाली, ८ इन्चको ठूलो स्क्रिन, स्मार्ट मोबाइलफोन कनेक्टिभिटी प्रणाली जडान गरिएको छ । फाइभस्टार सेफ्टी रेटिङ पाएको यो  गाडीमा ६ वेटा एयरब्याग सुविधा छ ।