चपलीहाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा ओली-माधव नेपाल भेट

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरू भएको छ । ​चपलीहाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा ओली र नेपालबीच भेटवार्ता शुरू भएको उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो । यसअघि आजै बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपालसहित ४ नेतालाई गरिएको निलम्बन फुकुवा गरेको थियो । नयाँ सरकार गठनका लागि रस्साकस्सी चलिरहेको र एमाले विवाद उत्कर्षमा पुगेका बेला भएको भेटलाई निकै महत्त्वका साथ हेरिएको छ । पार्टी र सरकारबारे निर्णय लिने जिम्मा एमाले स्थायी कमिटीले...