तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल, गठबन्धनको बैठक भोलि बस्ने

तीन दलका प्रमुख नेताहरुबीच बिहीबार साँझ बालुवाटारमा भेटवार्ता भएको छ । सत्तारुढ गठबन्धनको आजका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको हो । कोरोना संक्रमणमुक्त भएपछि अध्यक्ष नेपाल शीर्ष तहको भेटमा आजदेखि सहभागी भएका हुन् । बैठकमा स्थानीय चुनावका सन्दर्भमा कुराकानी भएको बताइएको छ । शीर्ष नेताहरुबीचको छलफलपछि सत्तारुढ गठबन्धनको बैठक शुक्रबार