काठमाडौं : भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुरको विकास, भरतपुरवासीको अवस्था बदल्ने संकल्पबाहेक आफ्नो कुनै व्यक्तिगत स्वार्थ नभएको बताएकी छन्। भरतपुर महानगरमा दोस्रोपटक निर्वाचित भएपछि भरतपुरको सपना पूरा गर्ने साझा संकल्पमा हातेमालो गर्न सबैमा अपिल गरेकी हुन्। उनले फेसबुकमा लेखेकी छन्,‘निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो, संघीय गणतन्त्रको सौन्दर्य हो। तसर्थ, हामीले निर्वाचनलाई स्वच्छ एवं लोकतान्त्रिक प्रतिस्पर्धाका रूपमा लिएका छौँ। निर्वाचनमा प्राप्त शिक्षकहरूबाट सिक्दै