‘व्यवस्थापकीय समस्या र कर्मचारी अभावका कारण मधेस सरकारले अपेक्षाकृत काम गर्न सकेन’

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले व्यवस्थापकीय समस्या र कर्मचारी अभावका कारण मधेस सरकारले अपेक्षाकृत काम गर्न नसकेको दाबी गर्नुभएकाे छ ।  आफ्नो पाँच वर्षीय कार्यकालको बारेमा जानकारी दिन आज बुधवार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री राउतले सुरुकाे धेरै समय व्यवस्थापनमै खर्च भएको र कर्मचारीकाे अभावका कारण अपेक्षा गरेजस्ताे काम गर्न नसकेकाे बताउनुभएकाे हाे । सङ्घीय सरकारले काम गर्ने वातावरण नबनाएकाे पनि उहाँले उल्लेख गर्नुभयाे ।  मुख्यमन्त्री राउतले सङ्घीयता संस्थागत गर्न मधेस सरकार ...