राष्ट्रसंघको प्रतिवेदन भन्छ–डेल्टा भेरियन्टका कारण भारतमा तीन महिनामा २ लाख ४० हजारको मृत्यु

कोभिडको डेल्टा भेरियन्टबाट भारतमा सन् २०२१ को अप्रिलदेखि जुनसम्म दुई लाख ४० हजार जना मानिसको मृत्यु भएको राष्ट्रसंघको एउटा प्रतिवेदनले जनाएको छ । डेल्टाका कारण भारतीय अर्थतन्त्रमा गम्भीर असर गरेको भन्दै सो प्रतिवेदनमा आगामी दिनमा भारतले त्यस्तै दुर्भाग्य सामना गर्नुपर्ने चेतावनी दिइएको छ ।राष्ट्रसंघ अन्तर्गतको विश्वको आर्थिक अवस्था र सम्भावना (डब्लूइएसपी) २०२२ को प्रतिवेदनले विश्वभर फैलिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले  फेरि ठूलो मानवीय र आर्थिक क्षति पु¥याउन सक्ने चेतावनी दिएक