राष्ट्रिय सभा चुनाव - उम्मेदवारलाई चुनाव चिह्न दिइयाे

काठमाण्डाै – निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य चुनावका लागि दलका उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको छ । आज आइतवार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्दै आयोगले चुनाव चिह्न प्रदान गरेको हो ।  आउने माघ १२ गते हुने चुनावका  लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न वितरण गरिएको हो । राष्ट्रिय सभा सदस्य चुनावमा  सात वटै प्रदेशमा ४३ जना उम्मेदवार रहेका छन् ।आयोगले नेपाली कांग्रेसका उम्मेदवारलाई रुख, नेकपा एमालेका उम्मेदवारलाई सूर्य, नेकपा माओवादी केन्द्रका उम्मे...

सम्बन्धित सामग्री

राष्ट्रिय सभा चुनाव : सत्ता गठबन्धनमा भागबन्डाको तयारी

चुनाव हुने १९ सिटमध्ये कांग्रेसले ९, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले ३ र जसपाले १ जना उम्मेदवार उठाउने प्रारम्भिक सहमति रहेको नेताहरुले बताएका छन् । राष्ट्रपतिबाट मनोनित अर्का एक जना सांसद थपिंदा कांग्रेसको भागमा १० राष्ट्रिय सभा सदस्य हुनेछन् ।

महालेखापरीक्षक नियुक्त गर्न राष्ट्रिय सभा चुनाव कुर्दै सरकार !

काठमाडौं,२६ कार्तिक । यदि सरकारको उदासीनता हुँदैनथ्यो भने अनि हाम्रालाई भन्दा राम्रालाई छान्ने हिम्मत प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्ले गर्न सकेको भए झण्डै ७ महिनादेखि कार्यवाहकको भरमा चलेको महालेखापरीक्षकको कार्यालयले कार्यालय प्रमुख पाउने थियो । सबै सार्वजनिक निकायको अन्तिम लेखा परीक्षण गर्ने, प्रतिवेदन बुझाउने र जिम्मेवार निकायहरुलाई आर्थिक र वित्तिय गतिविधिमा उत्तरदायी बनाउने प्रमुख संवैधानिक […]

राष्ट्रिय सभा चुनाव - कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी

सुर्खेत – राष्ट्रिय सभा सदस्यमा कर्णालीमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । आज बुधवार भएको चुनावमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका हुन् ।  गठबन्धनको तर्फबाट कांग्रेसकी दुर्गाकुमारी गुरुङ (महिला), नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (अपाङ्गता) र नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा (खुला) राष्ट्रिय सभा सदस्य पदमा विजयी हुनुभएको हो । गुरुङले तीन हजार दुई हजार ९ सय ७० मतभार, विष्टले तीन हजार ६ र बोहोराले तीन हजार ६ मतभार ल्याएर विजयी हुनुभएको हो । कर्णालीमा तीन सदस्यका लागि ६ जनाक...

राष्ट्रिय सभा चुनाव : लुम्बिनीमा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी

लुम्बिनी प्रदेशमा बुधवार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विक ‘राजेश’ विजयी भएका निवाचन अधिकृत गहेन्द्र कुँवरले जानकारी दिए । उनीहरूले एमालेको उम्मेदवार रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका हुन् ।  बिहान ९ बजे दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो । चुनावमा प्रदेशसभा सदस्य ८१ र स्थानी...

राष्ट्रिय सभा चुनाव - आज रातिदेखि माैन अवधि, के–के गर्न पाइँदैन ?

काठमाण्डाै – राष्ट्रिय सभा चुनावअन्तर्गत आज (आइतवार) राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आायेगले माघ १२ गते हुने राष्ट्रिय सभाको चुनावका लागि आज राति १२ बजेदेखि माैन अवधि सुरु हुने जानकारी गराएको हो ।आयोगका सहसचिव एवम् सहप्रवक्ता कोमलप्रसाद धमलाले मौन अवधि एउटा नैतिक बन्धन र कानुनी हतियार भएकाले आयोगले चुनावकाे आचारसंहिता सार्वजनिक गरेको बताउनुभयो । उहाँले यस समयमा चुनावकाे मतदान हुने तीन सय मिटर वरपरको ठाउँमा भएका पर्चा, पम्प्लेट र पोस्टर हटाइनुपर्ने बताउनुभयो । सहसचिव धमलाले आजदेखि...

राष्ट्रिय सभा चुनाव : आजदेखि आचारसंहिता लागू

काठमाण्डाै - आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका  लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आचारसंहिता पालना नभए कारबाही गर्ने चेतावनी दिएको छ । तीनै तहको सरकार, सरकारका मन्त्रीहरु, सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ । त्यसैगरी आचारसंहिता लागू हुने अन्य निकायमा अर्ध सरकारी निकायका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहेका छन् । राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका ...

राष्ट्रिय सभा चुनाव : कर्णालीमा गठबन्धन र एमालेका तीन/तीन जनाको उम्मेदवारी दर्ता

सुर्खेत – राष्ट्रिय सभा सदस्यका लागि कर्णालीमा गठबन्धन र एमालेकाे तर्फबाट तीन/तीन जनाको उम्मेदवारी दर्ता भएकाे छ । यही माघ १२ गते हुने चुनावका लागि कर्णालीमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको तीन दलको गठबन्धन बनेको छ । कर्णालीमा तीन दलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुनेछ ।  गठबन्धनको तर्फबाट कांग्रेसकी दुर्गाकुमारी गुरुङ (सुर्खेत), नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत) र नेकपा एकीकृत समाजवादीका उदय बोहोरा (सल्यान) ले उम्मेदवार दर्ता गराएका हुन् । गुरुङले महिलाबाट, विष्टले अपाङ्ग...

राष्ट्रिय सभा चुनाव : कुन प्रदेशमा कुन पार्टीका कति मतदाता ?

आउँदो फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।राष्ट्रपतिबाट मनोनीत हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ । राष्ट्रिय सभा चुनावका लागि कूल २ हजार २५ जना मतदाता छन् । जसमा प्रदेश सभा सदस्य ५३२ जना तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरेर १ हजार ४९३ जना मतदाता

राष्ट्रिय सभा चुनाव : आजदेखि १० गतेसम्म दल दर्ताको समय

काठमाण्डाै - राष्ट्रिय सभा चुनावका लागि राजनीतिक दलले आजदेखि १० गतेसम्म दल दर्ता गर्न सक्ने भएका छन् । आउँदाे फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हुने चुनावमा भाग लिन चाहने राजनीतिक दलले आजदेखि १० गतेसम्म दल दर्ता गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभा सदस्यका लागि माघ १२ गते हुने चुनावको तयारी अगाडि बढाएको पनि आयोगले जनाएको छ । यसअघिकै कार्यतालिका र कार्यक्रमअनुसार चुनावको आन्तरिक तयारी अघि बढिरहेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । राष्ट्रिय सभाका सदस्यमध्ये फागुन २० ...

राष्ट्रिय सभा चुनाव एमालेलाई अर्को धक्का

काठमाडौं । संघदेखि प्रदेशसम्मका पाचँवटा सरकार गुमाएको एमालेले आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा थप आठ सदस्य पनि गुमाउने सम्भावना छ । राष्ट्रिय सभामा एमालेका २३ सदस्य छन् । तीमध्ये एमालेका आठ, माओवादी र एकीकृत समाजवादीका चार चार, कांगे्रसका तीन र मनोनीत एक जनाको कार्यकाल फागुन २० मा सकिँदै छ । रित्त हुने पदमा आगामी […]